काँग्रेस नेता नविन्द्रराज जोशीको उपलब्धि, बन्द भएको औषधि लिमिटेडले सिटामोल उत्पादन सुरु गर्यो ।

0
1743

पुस ११ काठमाडौं । बन्द भएको सात वर्षपछि माघ दोस्रो सातादेखि नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन सुरु गर्ने भएको छ । उद्योगमन्त्री भएका बेला नेपाली काँग्रेसका नेता नविन्द्र राज जोशीको सक्रियतामा जसरी पनि उद्योग सञ्चालनमा ल्याई छाड्ने भन्दै जोशी रात दिन लागि परेका थिए । उनको सरकारले गरेका कामको परिणाम स्वरुप औषधि उत्पादन सुरु हुन लागेको हो ।

औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीका अनुसार सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सकिएको छ । कच्चा पदार्थ आयात, प्याकेजिङ र वितरणका लागि कम्पनी छनोट गर्ने प्रक्रिया समेत अगाडि बढाइएको छ ।

यसअघि गत असोजदेखि नै उत्पादन थाल्ने लक्ष्य थियो । तर, आवश्यक बजेट सममयै निकासा नभएका कारण ढिलाइ भएको सुवेदीले जानकारी दिए ।

२४ वैशाखदेखि कम्पनीले जीवनजल उत्पादन थालेको थियो ।

पूर्ण सरकारी स्वामित्वको उक्त कम्पनीले ०६७ सालदेखि औषधि उत्पादन बन्द गरेको थियो ।

गुणस्तर नियन्त्रण र माइक्रोबायोलोजी शाखालाई जीएलपी मापदण्डअनुसार स्तरोन्नती गरिएको र २८ किसिमका अत्याधुनिक मेसिनहरु जडान गरिएको सुवेदीले जानकारी दिए ।

उद्योग पुनः सञ्चालन गर्न पुर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको कार्यकालमा अर्थ मन्त्रालयले ६ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । १२ करोड रुपैयाँ दिने भनिए पनि सरकारले अझै निकासा गरेको छैन ।