ड्राइभिङ लाईसेन्सको ब्यापार गरे पछि सुकेधाराका कार्यालय प्रमुख परे फन्दामा ।

0
549

पुस १२ काठमाडौं । यातायात व्यवस्था विभागको सुकेधारास्थित लाइसेन्स कार्यालयका प्रमुखसहित ३ कर्मचारीलाई विभागमा तानिएका छन् । कार्यालय प्रमुख सुन्दरप्रसाद भट्टराई र शाखा अधिकृत यमलाल ढकाल विभागमा तानिएका हुन् । विभागमा तान्ने निर्णय भएका नायब सुब्बा यादव पौडेल केही दिन अघि घुस लिँदा(लिँदै कार्यालयबाटै पक्राउ परेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभागमा तानेर उनीहरुमाथि थप अनुसनधन गर्न अख्तियार दुरुपोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णय भएको छ ।

कार्यालय स्थापना भएको ९ महिना नबित्दै त्यहाँका कार्यालय प्रमुख भट्टराईको संलग्नतामा २६ सय विदेशी लाइसेन्सको नेपालीकरण गरिएको छ ।

अन्य कार्यालयले वर्षमा मुस्किलले २ सय लाइसेन्स नेपालीकरण गरिरहेको अवस्थामा सुकेधारामा ९ महिनामै २६ सय वटा लाइसेन्स नेपालीकरण गरेको छ ।

नेपालीकरण गरिएका ५ सय वटा लाइसेन्सको कागजात जाँच गर्दा प्रायः सबै फर्जी कागजात खडा गरिएको भेटिएको विभागले जनाएको छ । उनीहरुले वर्गअनुसार ३० देखि ८० हजार रुपैयाँसम्म लिएर नक्कली कागजात खडा गरी लाइसेन्स जारी गरेको गुनासो आएको विभाग स्रोतले बतायो ।