बाम गठबन्धनमा जुँगाको लडाँई,अध्यक्ष र प्रधानमन्त्रीमा शिर्ष नेताको दावी ।

0
454

पुस १६ काठमाडौं । माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने बताएका छन् ।

उनले दुई पार्टीबीचको एकता नेताहरुको सम्मान हुने ढंगले गर्नुपर्ने धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् ।

भक्तपुरमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमाले(माओवादी पार्टी एकतामा ढिलाई गर्न नहुने बताए ।

यसैबीच नेता अग्नीप्रसाद सापकोटाले तत्काल राजीनामा दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् ।

नेता सापकोटाले निर्वाचनमा पराजय भएर पनि पदबाट राजीनामा नदिएर प्रधानमन्त्री देउवाले नयाँ सरकार गठन गर्न अवरोध गरिरहेको आरोप समेत लगाए ।

लोकतन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेसले सरकार गठन प्रक्रियालाई अवरोध गर्न नसुहाउने उनको भनाइ छ ।