नयाँ बर्षको स्वागत गर्न युवाहरु आतुर,मध्यरातमा यसरी गरिंदै छ नयाँ बर्षको स्वागत ।

0
750

 

पुस १६ काठमाण्डौं । नयाँ बर्ष सन् २०१८ को स्वागत गर्न राजधानी काठमाण्डौंका बिभिन्न स्थानमा साँगीतीक कार्यक्रमहरु सूरु भएका छन् । राजधानीको ठमेल दरबारमार्ग लगायतका पर्यटकको उपस्थिती हुने ठाउँहरुमा रक पार्टीको आयोजना हुनुका साथै राजधानीका सबै जसो नाईट क्लवहरुमा बिषेश कार्यक्रमको आयोजना गरिएको छ । आधुनिक जिवन शैली अपनाउन थालेका नेपाली युवाहरु माझ अंग्रेजी क्यालेण्डरको नयाँ बर्ष हर्ष र उल्लासका साथ मनाउने परम्पार सुरु भएको छ । बिशेष गरी ठमेलमा युबाहरुको बाक्लो उपस्थिती देखिएको छ भने पोखरामा पनि स्वादेशी तथा बिदेशी पर्यटकहरुको बाक्लो उपस्थितीले नयाँ बर्षको स्वागत गर्ने तयारी भैरहेको छ । नयाँ बर्षलाई केन्द्रित गर्दै सुरक्षा ब्यबस्था पनि बाक्लो पारीएको प्रहरीले जनाएको छ । अन्य समयमा मध्यरातबाट बन्द हुने मुख्य शहर आज भने २४सैं घण्टा खुल्ने भएको छ भने मादक पदार्थ सेवन गरि सवारी चलाउनेहरुलाई प्रहरीले कडा चेक जाँच गर्ने भएको छ ।