रानी पोखरीको पुरातात्विक उत्खनन गरी जनताको सुझाव लिन बिज्ञ समुहको सुझाव ।

0
525

पुस १७ काठमाडौं । पुरातत्व विज्ञहरुको समूहले रानीपोखरीको पुरातात्विक उत्खनन गर्न पुरातत्व विभागलाई अनुरोध गरेको छ । बसेको विज्ञ समूहको पहिलो बैठकले रानीपोखरी पुनर्निर्माण थाल्नुअघि उत्खनन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

रानीपोखरीलाई मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै काठमाडौं महानगरपालिकाले पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूह बनाएको थियो ।

प्रताप मल्लले बनाएको रानीपोखरीमा मध्यसमयमा कसले डिल हाल्यो भन्ने प्रश्न उठेको छ । सम्पदाविद् सुदर्शन राजतिवारीले रानीपोखरीलाई पुरानै स्वरुपमा पुनर्निर्माण गर्न केही समय अध्ययन(अनुसन्धान गर्नुपर्ने बताउँदै आएका छन् ।

विज्ञ समूहको बैठकले रानीपोखरी पुनर्निर्माणबारे सार्वसाधारणसँग पनि सुझाव माग्ने निर्णय पनि गरेको छ । यसका लागि भोलि नै सूचना निकालिनेछ ।