आज पनि समातियो बिमानस्थलमा अबैध सुन,अष्ट्रेलियाबाट नेपाल आएकी सर्मिला गुरुङ प्रहरीको फन्दामा ।

0
1356

पुस २७ काठमाण्डौं । सिल्क एयरको बिमानबाट अष्ट्रेलिया हुँदै नेपाल आएका नेपाली मूलकी अष्ट्रेलियन नागरिक सर्मिला गुरुङ्गको ह्याण्ड ब्यागबाट ७१ ग्रामको सुनको विस्कुट १ थान सहित पक्राय परेकी छिन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारको वाक थ्रु गेट एरियामा चेक जाँचको क्रममा फेला परेको हो । गुरुङलाई थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएको अन्तराष्ट्रिय बिमानस्थल प्रहरीले जनाएको छ ।