सुन तस्करी बढ्यो, धमाधम समातिन थाले बिमानस्थलबाट तस्करहरु ।

0
804

पुस २८ काठमाण्डौं । पछिल्लो समय अन्तराष्ट्रिय बिमानस्थलबाट सुन तस्करहरु पक्राउ पर्ने क्रम बढेको छ । बिहिबार मात्रै बिभिन्न देशबाट नेपाएका आएका स्वदेशी र बिदेशी गरि आधा दर्जन ब्यक्ति पक्राउ परेका छन् । पुस २७ गते विहिवार १२ः२० वजे सिल्क एयरको उडानबाट नेपाल आएका नेपाली मूलकी अष्ट्रेलियन नागरिक सर्मिला गुरुङ्गको ह्याण्ड ब्यागबाट ७१ ग्रामको सुनको विस्कुट बिमानस्थलको बाकथ्रु गेट एरियामा चेक जाँचको क्रममा फेला परेको थियो । २७ गते नै १६ः५५ वजे जेट एयरको उडानबाट नेपाल आएका विज्ञान नेपाली र धनबहादुर सरुको साथबाट २६५ ग्राम तौल रहेको चार थान सुनका वाला संकलन गर्दै गरेको अवस्थामा बिमानस्थल पार्किङ्ग एरियामा सादा पोशाकका प्रहरीले पक्राउ गरि थप अनुसन्धाका लागि महानगरीय प्रहरी वृत्त गौशलामा पठाएको थियो ।
२७ गते नै १९ः३०वजे तिव्वतियन एयरको उडान मार्फत चिनको छेन्दूबाट काठमाण्डौ आएका चिनिया नागरिकको साथबाट पेटिको बक्कल १ थान र सिक्रि १ थान गरि जम्मा १ केजी ७५ ग्राम२६५ ग्राम तौल रहेको चार थान सुनका वाला अन्तराष्ट्रिय बिमानस्थल भन्सार बाकथ्रु गेट एरियाबाट पक्राउ गरिएको थप अनुसन्धा भैरहेको प्रहरीले जनाएको छ ।