सिटिइभिटी नेताका नातेदार भर्ती गर्ने थलो बन्दै ।

0
379

१ माघ , काठमान्डौँ । प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद् (सिटिइभिटी) नातेदार भर्तीकेन्द्र बनेको छ । कान्तिपुर दैनिकका अनुसार, २०४५ मा सिटिइभिटी प्रवेश गरेर कर्मचारी सगठनको अध्यक्ष बनेका सिरहाका नागेन्द्र शाहले भाइ वीरेन्द्र, बुहारी इन्द्रिका, भाञ्जी कविता शाह भर्ती गरेका छन् ।

यस्तै, सिटिइभिटीमा कांग्रेस निकट कर्मचारी संगठनका अध्यक्ष देवदत्त बडुले पत्नी पशुपति जोशीलाई पनि जागिरे बनाएका छन् । माओवादी निकट कर्मचारी संगठनका पूर्वअध्यक्ष नेत्रबहादुर खत्रीले दुई दाजु र भाउजुलाई पनि जागिर खुवाएका छन् ।

सिटिइभिटीमा ३१ जोडी श्रीमानश्रीमती जागिरे छन् । २४ दाजुभाइको रोजीरोटी चलेको छ । ८ जना बाबुछोरा जागिर खान्छन् । ८ जना साढुदाइ भाइलाई अन्त जागिर खोज्न परेन । ७ जना सालीभेना यहीँ रोजगार छन् । ४ जना ज्वाइँ जेठान, ४ दिदीभाइ, ४ भाञ्जाभाञ्जी, ४ बहिनी ज्वाइँ, २ भतिजा ज्वाइँ, २ देवर भाउजु, २ काका भतिज, विद्यार्थी नेताका श्रीमती भएकै कारण तीनजनाले र अख्तियार अधिकृतकी श्रीमतीले पनि जागिर खाने रहर गरेपछि सिटिइभिटीले सबैलाई जागिर दिएको छ ।