रानी पोखरी मल्लकालीन शैलीमा बनाउन बिज्ञहरुको सुझाव ।

0
535

माघ ३ काठमाडौं । रानीपोखरी पुननिर्माणका सम्बन्धमा देखिएको विवाद समाधान गर्न बनेको विज्ञहरुको समितिले प्रताप मल्लको पालाकै शैलीमा निर्माण गर्न सिफारिस गरेको छ ।

पोखरी र सँगै रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको हो ।

समितिको प्रतिवेदनमा मन्दिर रानीपोखरी पनि प्रताप मल्लकै पालाको जस्तै निर्माण गर्नुपर्ने र मन्दिरलाई ग्रन्थकुट (शिखर) शैलीमा निर्माण गर्नुपर्ने सिफारिस गरिएको छ ।

पुरानै शैलीमा मन्दिर निर्माण गर्नका लागि हाल राखिएका कंक्रिटहरु हटाउन सिफारिस गरिएको विज्ञ समितिका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले जानकारी दिए ।