३ बर्ष सम्मपनि भुकम्पको धक्का , आज फेरी दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरको परकम्प ।

0
418

५ माघ , काठमान्डौँ । दोलखा केन्द्रविन्दु भएर आज परकम्प गएको छ । बिहान ८ बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।एक महिना अघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको थियो । यो साढे २ वर्ष अघि बैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।