एमाले र माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा बस्दै

0
356

माघ ७,काठमाडौं – वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । बैठक भक्तपुरको बालकोटमा बसिरहेको छ ।

एमाले अध्यक्ष केपी ओली निवासमा सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित एकता संयोजन समितिका सदस्यहरु सहभागी रहेका छन्।

बैठकले पार्टी एकताको ढाँचा लगायत विभिन्न विषयमा छलफल गरिरहेको बताईएको छ ।

एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि थाइल्यान्ड जानुअघि पनि एकता संयोजन समितिको बैठक बसेको थियो। तर, पार्टी एकताका लागि संगठनात्मक र सैद्वान्तिक विषय मिलाउन बनाउने भनिएको कार्यदल भने सो बैठकले बनाउन सकेको थिएन।