कार्यदलको निर्णयलाई एकता संयोजन समितिको अनुमोदन

0
312

माघ १८,काठमाण्डौं – प्रदेशसभा सम्बन्धी शक्ति बाँडफाँड सम्बन्धी निर्णयलाई एमाले माअ‍ोवादी पार्टी एकता संयोजन समितिले अनुमोदन गरेको छ ।

बिहीबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो ।

केही दिनअघि ती दुई पार्टीले प्रदेशसभाका लागि ७०– ३० को आधारमा शक्ति बाँडफाँड गरेका थिए । जस अनुसार ४ वटा प्रदशेमा एमालेका मुख्यमन्त्री र सभामुख तथा दुई वटा प्रदेशमा माओवादीका मुख्यमन्त्री र सभामुख रहने गरी कार्यदलले निर्णय गरेको थियो । सोही निर्णय आजको वैठकले अनुमोदन गरेको छ ।

बैठकमा दुई पार्टीबीच हुने एकताका सम्बन्धमा पनि छलफल गरेको थियो ।  पार्टी एकताका विषयमा दुई पार्टीका अध्यक्षबीच आन्तारिक छलफल जारी रहेकोले सो सम्बन्धमा कुनै निर्णय नभएको बताइएको छ ।
दुई पार्टीबीच केही समय अघिदेखि पार्टी एकताका विषयमा गृहकार्य जारी रहेको छ ।