नेचासल्यानमा ल्यान्डलाइन टेलिफोनले काम नगर्दा सेवाग्राही समस्यामा ।

0
1149

२२ माघ , सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ल्यान्डलाइन टेलिफोनले काम नगर्दा सेवाग्राही समस्यामा परेका छन् । ८ महिना अघिबाट सञ्चालनमा आएको नेपाल टेलिकमको सेवा बारम्बर अवरुद्ध हुँदा सेवाग्राही अप्ठेरोमा परेका हुन् । अधिकांश समयमा टेलिफोन नेटवर्क तथा इन्टरनेट सेवा ठप्प हुने गरेकोे स्थानीयले गुनासो गरेका छन् ।

नेपाल टेलिकम शाखा सल्लेरीका प्रमुख श्याम कठायतले टेलिकमको समस्याले सेवाग्राहीलाई समस्या भएको बताउँदै फागुनको पहिलो हप्तादेखि जेनेरेटरको प्रयोग गरी सेवालाई निरन्तरता दिने बताए । उनले सोलरको माध्यमबाट सञ्चालन भएको ल्यान्डलाइन टेलिफोन घाम नलाग्दा सेवामा समस्या आउने गरेको बताए ।

टेलिफोन अवरुद्ध भएसँगै इन्टरनेटले काम नगर्दा नेचासल्यान गाउँपालिकामा भर्खरै मात्र सञ्चालनमा ल्याएको नेपाल राष्ट्र बैंकको शाखा समेत प्रभावित भएको बताइएको छ । गाउँपालिकामा इन्टरनेटको माध्यमबाट हुने अधिकांश काम प्रभावित हुने गरेको गाउँपालिका प्रमुख डुफ कुमार बास्तोलाले जानकारी दिए ।