धानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेतासहितको बैठकले संघियता बाहेक अरु तीनवटा विषयलाई माघ ५ गते सहमतिका आधारमा संविधान मस्यौदा समितिमा पठाउने सहमति भएको हो।
बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले तत्काल सबै विषयमा सहमतिको सम्भावना कम रहेकोले यस अघि सहमति भएका विषयलाई टुंगो लगाएर संविधान निर्माणको प्रक्रिया अघि बढाउँदै असहमति रहेको संघीयताको विषयलाई निरन्तर छलफल र संवादद्धारा समाधान खोजौं भन्ने प्रस्ताव राखेका थिए।
‘प्रधानमन्त्री कोइरालाकै धारणा सरह एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि धारणा राखेपछि हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माण गर्ने विषयमा आफूहरुको सैद्धान्तिक र नीतिगत असहमति नभएको प्रस्ट पार्नुभयो,’ बैठकपछि सेतोपाटीसँग कुरा गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने।
बैठकमा एमाओवादी नेताहरुले सहमति भएका विषय अर्न्तगत र सहमति गर्न बाँकी विषयमा कसरी सहमति खोज्ने भन्ने विषयमा ठोस रूपको प्रस्ताव आउनु पर्ने माग गरेका थिए।
त्यसपछि तीन दलका नेताहरुले सहमतिको खाका र टुंगो लाग्न बाँकी विषयमा कसरी अघि बढाउने भन्ने विषयमा स्पष्ट खाका तयार पार्न तीन दलका प्रमुख नेताहरुलाई जिम्मा दिने सहमति भएको छ।
प्रधानमन्त्री एवंम् कांग्रेस सभापति सुशील कोइराला सोमबार नै इन्डोनेशियामा हुने सम्मेलनमा सहभागी हुन एकहप्ताका लागि बाहिर रहने भएकोले कोइरालाको अनुपस्थितिमा कांग्रेसकै एक