मस्यौदा माथिको सुझाव संकलन सकियो,ईतिहाँसमै पहिलो पटक जनताको सहभागीता ।

0
838

संबिधानको प्रारम्भिक मस्यौदा माथि जनताको राय,सुझाव संकलन कार्य सोमबार र मंगलबार बाट सकिएको छ । देशका दुई सय ४० वटै निर्बाचन क्षेत्रमा भएको सुझाव संकलन कार्यमा जनताको उल्लेख्यमात्रामा सहभागीता रहेको पाईयो ।

सुझाव संकलनका क्रममा उप प्रधानमन्त्री सिंह ।

सुझाव संकलनका क्रममा उप प्रधानमन्त्री सिंह ।

काठमाण्डौ उपत्यकामा भएको सुझाव संकलन कार्यमा संलग्न सहभागीहरुले भने बढिमा ५ प्रदेशको संघिय प्रदेश बनाउन सुझाव दिएका छन् ।धेरै संख्याको प्रदेश बनाउँदा कर्मचारीलाई तलब खुवाउदैमा बजेट सकिने हुदा बिकासले गति लिन नसक्ने भन्दै आम नागरिकले ५ प्रदेश भन्दा बढिको संघिय प्रदेश बनाउन नहुने सुझाव दिएका थिए । कमलपोखरी स्थित जैन भवनमा भएको कार्यक्रममा सहभागी अधिकाँशले ५ प्रदेशको सुझाव दिएका थिए बसन्तपुर, धुम्बाराहि,कीर्तिपुर,ललितपुरको सैबु,भक्तपुरको ठिमीमा भएको सुझाव संकलन कार्यक्रममा सहभागीहरुले पनि बढिमा ६ प्रदेश सम्मको संघियता बनाउन सकिने सुझाव दिएका थिए ।