बैशाख १२ गतेको महाभुकम्पको महसुस ३ करोड नेपाली जनतामा ९९ प्रतिशतका लागि पहिलो र भयाबह रह्यो त्यस मध्येको म पनि एक हँु । मैले भुकम्पको कम्पन राजधानीमा महसुस गर्दा यस्तो परिकल्पना गरें कि नेपाल पुरै ध्वस्त भयो,म पनि मरें,मानव बिहिन बन्यो मेरो नेपाल तर त्यो भ्रम ३० सेकेण्डमा तोडियो म पनि बाँचे देश पनि बाँच्यो मनमा आतंक सृजना भयो भुकम्पको केन्द्र कहाँ होला,कति रेक्टरको भुकम्प गयो होला ? भौतिक रुपमा कति क्ष्यति भयो होला ? हतास मानकितामा परिवारका सदस्य सँग सम्पर्क गर्न खोजे सम्पर्कै भएन तनाब झन बढ्यो त्यहि तनाबका बिच राजधानीको सिर ढलेको हल्ला चल्यो पिठ्यँुमा क्यामरा भिरे र धरहरा भए तिर दौडिए सुन्धारामा मानिसको भिड थियो म दौडदै धरहरा भएको स्थानमा पुगेँ आखाँ सामुन्ने धरहराको अबसानको दृश्य थियो सुरक्षाकर्मी आईसकेका थिएनन् केहि तस्विर लिएँ,भिडियो पनि खिचेँ त्यसक्रममा केहि ब्यक्तिको आवाज कानमा गुन्जियो हात चलिरहेको थियो टाउकोबाट रगत बगेको एक ब्यक्ति महिला पुरुष छुट्ट्याउन सकिने थिएन केहि रमीतेको सहयोगमा उनको उद्धार गरियो त्यसै बखत सेनाको टोली आईपुग्यो त्यस पश्चात उद्धारको कार्य नेपाली सेनालाई छाड्दै तस्बिर र भिडियो संकलनमा लागें त्यति बेला सम्म मनका जिज्ञाशा मेटिएका थिएनन् सँचार सम्पर्क बिच्छेद नै थियो केन्द्रबिन्दु थाहापाए दौडिने इच्छा थियो कसैले तनहुँ कसैले गोरखा भने मापन पनि सहि भएको थिएन कसैले ७.५ कसैले ७.९ यस्तै यस्तै जानकारी आयो,रेडियोहरु लगभग बन्द थिए एकाध मात्रै हतास मानसिकतामा चलिरहेका थिए,रेडियो नेपाल पनि जिबित नै रहेछ सबै संचार माध्यमको समाचारकै आधारमा गोरखाको वारपाक नै भुकम्पको केन्द भएको पुष्टि भयो,हिँडि हाल्ने मन थियो घरका सदस्यको दबाब आयो फेरि भुकम्प जान सक्छ घर छोडेर कहि जान मिल्दैन यस्तै दबाबका बिच पनि बारपाक पुगेरै छाड्ने अठोट लिएँ ।
साना साना भुकम्पका झट्काहरु रात दिन आईरहेका थिए भारतीय संचार माध्यमको बिग बिगि थियो नेपाल नै नरहेको भ्रामक समाचार प्रशारण गरि रहेका थिए । नेपाली टेलिभिजन भन्दा भारतीय टेलिभिजनले दुर्गम स्थानका दृश्यहरु देखाईरहेका थिए । हाम्रा टि भि हरु थलिएका थिए आर्थिक अभावले,दक्ष जनशक्तिको अभावले,संचालकको बुझाईको अभावबले तै पनि चल्लनलाई त चलेकै थियो । हाम्रा संचार माध्यम संचालकहरुको भुझाईमा परिवर्तन ल्याउँदै संचारकर्मीको कार्य शैलिमा परिवर्तन ल्याउन नसक्दा सम्म आपद् बिपद्मा भारतियहरुकै दबदबा रहि रहने छ ।
यस्तै भ्रम र अन्योलका बिच मैले बारपाक जाने आत्मनिर्णय गरि सकेको थिए,त्यसै क्रममा भर्खरै खुलेको नयाँ पार्टि नेकपा माओवादिका एक जना पुराना नेताको फोन आयो भोली गोरखा जान लागेको समाचार संकलनका लागि सहयोग गरिदिनु प¥यो भन्ने आसय थियो मैले आफु पनि भोलिनै बारपाक जाने योजनामा रहेको बताए पछि उहाँले आफुसँगै जान आग्रह गर्नु भयो मैले सोचे आखिर जानै पर्छ यो वा त्यो संगको भन्ने अर्थै भएन मैले जाने निर्णय गरें र गोरखा लागें म सँगै नेकपा माओबादिका महासचिव नेत्र बिक्रम चन्द,प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा लगायत उक्त पार्टिका अन्य नेता कार्य कर्ता गरि १५ जनाको टिम थियो,म महासचिव भएकै गाडिमा थिए औपचारिक रुपमा बिप्लब सँग मरो धेरै राम्रो सम्बन्ध थिएन त्यसो त मेरा लागि उहाँसँगको सम्बन्ध बिस्तारका हिसाबले पनि राम्रो अबसर थियो । राजधानि देखि वारपाक सम्मको यात्राका क्रममा धेरै अनैेपचारिक थोरै औपचारिक कुराकानि भए मैले पत्रकारको हिसाब बाट कम र नागरिकका तर्फबाट धेरै कुरा गर्दा उपर्युक्त हुने ठानें । राजधानि देखी १२ घण्टाको यात्राका क्रममा राजनितिक अबस्था र भुकम्प पछिको अबस्थाका बिषयमा विश्लेषण गर्दै बाटो पार गरियो । सामान्य स्वभाबका बिप्लबको मुहारमा कम खुशि र धेरै चिन्ताको भाव छचल्कीन्थ्यो म तस्बिर लिन्थे उहाँ नाजवाफ रहनु हुन्थ्यो,मैले यात्राका क्रममा जनयुद्धको अनुभव खोतल्न खोजे न कि म आफै पनि जनयुद्धमा भएको जस्तै गरि उहाँ हास्नु हुन्थ्यो सायद मेरा कुरा जायज थिए भन्ने लाग्थ्यो र उहाँले स्विकार गर्नु भयो भन्ने बुझ्दथे कतिपय बिषयमा कुरा उठेपछि प्रकाश हुनुहुन्छ फेरि सार्वजनिक हुनेहो कि भन्ने भनाई आउँथ्यो म त्यस्तो हुदैन भन्थे सायद मेरा कारणले उहाँ सेल्फ सेन्सरसिपमा पर्नु भएछ भन्ने मैले बुझें ।
यस्तै कुराकानीकै बिचमा हामी गोरखाको राङरुङ भन्ने स्थानमा पुगियो त्यहा बारपाकका भुकम्प पिडीतलाई राहत बितरण गर्ने कार्यक्रम रहेछ । राहत बितरण पश्चात बिप्लबलाई स्थानियले गुनासो सुनाउन थाले । बिप्लब न त सत्तामा थिए न त संसदमा जनताको आशा ठुलो थियो हाम्रो बास छैन गासले मात्रै केहि नहँदो रहेछ रात बिताउने ब्यबस्था गरि दिनु प¥यो,घाईतेको उपचार गरिदिनु प¥यो भन्ने लगायतका गुनास फाटेका लुगा र घाईते मन भएका स्थानियको थियो,हामी प्रयास गर्छै नआत्तिनुहोस भन्ने जवाफ पाँउथे स्थानियले । बारपाकमा मात्रै १४०० घर आकार समेत नरहने गरि ध्वस्त भएको थियो भने ६८ जनाले ज्यान गुमाएका थिए । राङरुङ बाट शिर ठाडो पारेर हेर्दा टोपी झर्ने पहाड दखिन्थ्यो एक स्थानियले चुचुरो डाँडातिर देखाउँदै ४ घण्टा पैदल यात्रा गरे पछि मात्रै वारपाक पुगिने भने पछि मनमा त्रास उत्पन्न भयो तै पनि जानै पर्ने थियो उच्च मनोबलका साथ उकालोको यात्रा सुरु भयो मसँग क्यामेरा थियो म अघि लागे नेताहरु र अन्य सहभागिहरु प्छि पछि , उकालो चढ्न सकिने अबस्थाको छँदै थिएन तर पनि चड्नै पर्ने थियो महाभुकम्पको केन्द्र भएकाले बारपाकको यात्रा कष्टकर थियो पहाड चिरा चिरा परेका थिए,स्थलमार्ग पुरै अबरुद्ध थियो,हामी हिँडदै गरको पहिरोको बाटो पनि नेपाली सेनाले दुई दिन अघि मात्रै खोलेको रहेछ हामी पसिनाको भल बगाउँदै र लौरोको सहारामा उकालिंदै थियौ मैले बिप्लबलाई सोधें कम्रेड बारपाक कसरि बाँच्ला उहाँले सहजै भन्नु भयो बारपाकलाई बचाउन स्थानान्तरणको बिकल्प छैन तर स्थानान्तरण गर्दा त बारपाक नै कहाँ रहन्छ र ? अब बारपाक जोगाउन गाह्रो छ किन की वारपाक अब आउने बर्षामा चिरा परेका पहाडहरु भाषिने छन् पहाड खस्ने छ त्यस पश्चात बारपाक बचाउन सकिने छैन भन्ने निश्कर्ष थियो । रातको आठ बजेको थियो हिमाली क्षेत्र चिसो मौसम खन्डहरमा पुरिएका चौपायाको दुगनर््धले हिंड्ने अबस्था थिएन रिसाएको आकाशबाट आँशुका थोपाहरु भmर्न थाले हामी झिज्दै उकालो चड्दै अगाडि बड्यौ । राति साढे आठ बजे हामी वारपाक पुग्यौ हाम्रा लागि बोडिङ स्कुलमा तातो गुन्द्रुक र भात पाकेको थियो, हाम्रा लागि त्यो अमृत जस्तै मिठो लाग्यो । संचार संपर्क जोडिएको थिएन जाडो मौसममा बिद्यालयको कोठामा आफ्नै हातको सिरानी हालेर बिप्लब,प्रकाण्ड म लगायत साथिहरुले अर्ध निन्द्रामै रात बितायौ , अर्ध निन्द्रामा पनि सपना देखिँदो रहेछ मैले पहिरो गएको बाटो बाट आफु लडेर मरेको सपना देखेँ मन झनै डराउन थाल्यो मैले सपनाको कुरा भन्न उपयुक्त ठानिँन तनाब बडि भए पछि अर्का पत्रकार साथिलाई सुनाएँ उहाँले सेनाको हेलिकप्टरमा हामी पर्कनु पर्ला म सेनाका अधिकारी सँग कुरा गर्छु भन्नु भयो मन अलि शान्त भयो । बिहानको चिया पश्चात हामी पत्रकारहरु सैनिक ब्यारेकमा गयौ । एका तिर बिहानको खानाको शुर सार हुँदै थियो अर्को तिर संचार उपकरण संचालन गर्न बिद्युत नभएकाले जवानहरु हातले घुमाएर उर्जा उत्पादन गर्ने मेसिन चलाउँदै कुरा गर्ने प्रयास गरि रहेका थिए । गोरखामा पोखराका गणपति प्रमुख सेनानी सुनिल सिं राठौरको नेतृत्वमा सेना खटिएको रहेछ हामीले उनि सँग गोरखाको अबस्थाको बारेमा जानकारी माग्यौ उनि आफुलाई निकै कडा स्वभाबका सेनानि भएको बताउँदै वारपाक आउँदैमा फुर्ति नलाउन हामीलाई चेतावनि दिँदै थिए । हाम्रो शालिनतालाई उनले कम्जोरीको रुपमा लिए वा के सोचे उनि प्राय सबै प्रति नकारात्मक नै थिए ।त्यस बिचबाट पनि हामीले आवश्यक परेको तथ्याङ लियौ उनि सँगको कुराकानी कै क्रममा अलि तल रहेका भारतिय सेनाको उपस्थिती र प्रभाबका बिषयमा जान्ने जिज्ञासा राख्यौ वारपकका १४०० घरका कोहि न कोहि कि त नेपाली सेनामा कि त भारतिय सेनामा कि त बेलायति सेनामा जागीरे रहेको नयाँ जानकारी पायौ । भारतियहरु भने आफ्ना सेनाको परिवार र भौतिक सम्पत्तिको उद्धार र संरक्षणका खातिर भारत बाट डाटा सहित नेपाल आएका रहेछन् ।
नेकपा माओबादिको राहत तथ पुनःनिर्माण कार्यक्रम वारपाकमा पनि निर्धारित रहेछ महासचिब बिप्लब सहितका नेता कार्यकर्ता असहाय तथा बृद्ध बृद्धालाई सघाउन गाऊँमा प्रबेश गरे । गाऊँ पुरै खण्डहरमा परिणत भएको छ घरको नक्सा समेत भेट्न गाह्रो छ त्यस क्रममा स्थानियको बिचार बुझ्दा बस्ति स्थानान्तरण गर्ने की पुनःनिर्माण गर्ने भन्ने प्रश्नमा राज्यले केहि नगरे पनि वारपाक नछाड्ने कडा अडान ब्यक्त गरे । उनिहरु राजनितीकरुपमा प्रशिक्षित जस्तै देखिन्थे, जे होस् उनिहरुको माटो प्रतिको सम्मानलाई भने सलाम गर्नै पर्छ तर प्राकृतिक बिपत्ती र माटो प्रतिको प्रेमबाट उत्पन्न हुन सक्ने परिस्थिती भने अनुमान गर्न सकिँदैन । २४ घण्टे बारपाक बसाईमा देखिएका दृश्यहरु अझ धेरै रोचक रह्यो हामी स्वच्छ खाने पानीको खोजिमा हुन्थ्यौ स्थानियहरु त्यो पानी नखानुस्है मुहान ठिक छैन भन्थे स्वच्छ पानी पिउन पनि कठिन थियो र पनि नखाएर मर्नु भन्दा खाएरै मरौ भन्ने लागेर धाराको पानी खाँदै हिँडियो तर भुकम्प पिडितहरु भने मल्टीनेशनल ब्राण्डका पेय पदार्थ सेबन गरि रहेका हुन्थे सायद त्यो पेय पदार्थ अखाध्य अथवा म्याद गुज्रिसकेका पनि हुन सक्थे । १४०० घर धुरी भएको बारपकका प्राय हरेक घरका युवाहरु सेनामा प्रबेश गरेकै हुन्थे नेपाली सेना,भारतिय सेना र बृटिस सेनाको जागिर उनिहरुको रोजाई थियो,त्यसकारण यो गाऊ धनिहरुको गाँऊ थियो । स्थानियहरुसंग धेरै सुन थिए,धेरै पैसा थियो र धेरै दुखीःपनि थिए । यहाँको प्रकृतिक सुन्दरता यस्तो थियोकी हातमै हिमाल लिन पाईन्थ्यो,हिमालको काखमै हुर्कन पाईन्थ्यो त्यसैले यो गाँऊको आफ्नै नियम थियो बारपाकमा जग्गाको कारोबार लगभग बन्द थियो किनकी त्यहाँको जग्गा अर्को गाऊका मानिसले किन्नै पाउँदैनन् । बारपाकमा घर भएकाहरुले अन्यत्र घर बनाए पनि गाँऊको घरमा ताला लगाएर हिँड्न नपाउने कम्तीमा घरमा बत्ति बल्नै पर्ने नियम जारि थियो १२ गते सम्म । १४०० घर धुरी मध्ये ३२ घरधुरी दलित समुदायको थियो घले र गुरुङ समुदायको बाहुल्यता रहेको वारपाकमा ति दलित परिवार पनि घले भाषाका पारखी थिए,हाल दलित परिवार पूरै बिस्थापित भएर वारपाक दलित बिहिन भएको छ । उनिहरु चितवनमा शरण लिएर बसेका छन् । पहाडको टुप्पोमा रहेको बस्ती पुग्न ज्याननै हत्केलामा राखेर चुनौति मोल्नु पथ्र्यो । डाँडै डाँडाको बाटो भुकम्पले काँक्रो चिरे झै चिरा चिरा परेको देख्दा मन झसंग भैरहन्थ्योे । बारपाक गा बि स का ३ वटा वडा एकै ठाऊँमा पर्ने हुँदा यहाका घरहरु दन्तलहर जस्तै देखिन्थे । हामीले अन्यत्र पहाडि क्षेत्रमा हिलोमाटोको सहारामा ढुङाले बनेको घरहरु देखेका थियौ तर यहाँ त माटोको सहारा बिना नै ढुङाले मात्रै घर बनाईदो रहेछ ।
बाँकी रहेका केहि सुखद पक्ष र सृजना भएका दुखद परिस्थत्ीको बाझबाट हामी राजधानि फर्कने क्षणमा आईपुग्यौ बारपाक रोईरहेको थियो,गाऊँमा बुढा बुढि र केटा केटिमात्रै थिए युवाहरु शहरबाट फकिएका थिएनन् त्यहि अबस्थामा वारपाकलाई छाडेर राजधानिको यात्रा तय भयो । नेकपा माओबादिका महासचिव बिप्लब सँगको यात्रा निरन्तर थियो मैले स्थानियको मत लिएको उहाँलाइृ थाहा थिएन मैले कम्रेडलाई पुनः जिज्ञासा राखें बारपकलाई कसरी बचाउने उहाँले भन्नु भयो यस्लाई अन्यत्र सार्दामात्रै बारपाक बाँच्न सक्छ यतै बचाउन खोजियो भने दुई महिना मात्रै बाँच्ने छ । देशमा बिपत्ति आईलागेको छ भिजन भएका नेताको अभाव छ देश १० बर्ष पछि धकेलिएको छ वारपक त त्यहिँ पनि बाँच्ला या अन्यत्र सारेर पनि बाँच्ला तर देश कस्ले बचाउला मेरो चिन्ता यत्ति मात्र छ ।
प्रकाश चन्द्र दाहाल