प्रेस काउन्सिललाई संवैधानिक अंगका रूपमा राख्न सुझाव

0
760

नयाँ संबिधानको मस्यौदामा बिभिन्न क्षेत्रका ब्यक्ति तथा संग संस्थाले सुझाव दिने क्रम अझै जारी रहीरहेकै बेलाप्रेस काउन्सिल नेपालले पनि प्रेस स्वतन्त्रता सम्बन्धि मौलिक हकलाई बलियो बनाउनु पर्ने सुझाव दिएको छ ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीको नेतृत्वको प्रतिनिधि मण्डलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटी नयाँ संविधानमा काउन्सिललाई संवैधानिक अंगका रूपमा राख्न सुझाव दिएको हो ।

b

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा प्रतिनिधि मण्डलले काउन्सिललाई प्रेस स्वतन्त्रताको संरक्षण र स्वतन्त्र पत्रकारिताका विकासका निम्ति स्वतन्त्र, स्वायत्त निकायका रूपमा परिकल्पना गरिएको उल्लेख गर्दै यसलाई संवैधानिक अंगका रूपमा राख्नुपर्ने सुझाव दिएको हो । काउन्सिलको सुझाव पत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले आफु पनि स्वतन्त्र प्रेसकै पक्षपाति भएकाले काउन्सिलको सुझाव मनन् योग्य रहेको भन्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो,नेम्वाङले सुझाव कार्यान्वयनका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।