सलाम गर्नै पर्ने दुई पात्र :

0
443

यति बेला चर्चाको केन्दमा दुई पात्र देखिन्छन् । पहिलो पात्र हुन् सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित जस्ले बसैले गर्न नचाहेको कार्य गरि बलियो लोक प्रियता कमाएका छन् । मधेशमा जन्मिएका दलित समुदायका पण्डित त्यस्ता साहषी ब्यक्ति रहेछन् जस्ले सच्चा देश भक्ति पकट गरे ।

सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित
सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित

उनैले सम्हालेको मन्त्रालयले निकालेको तथ्याङ अनुसार करिब ६ सयको संख्यामा सरकारी कर्मचारी बिदेशको डि भि र पिआर लिएर नेपालको सेवा गर्न लागेका छन् । के बिदेशको पिआर लिएकाहरुले नेपालमा सरकारी जागीर खान पाउँछन् ? यदि नेपाल बाहेकको दोस्रो मुलुकमा त त्यस्ता ब्यक्तिलाई देश निकाला सम्मको कार्बाहि गर्ने प्रावधान रहेको छ तर हामी कहाँ जुन देशको नागरीकले पनि जस्तो सुकै पद धारण गर्न पाउने संसारमै नभएको स्वतन्त्रता दिएकोे कानूनले छ । त्यसको उदाहरणका रुपमा अमेरिकाको ग्रीन कार्ड धारी डा रामशरण महत यो देशका अर्थ मन्त्रि छन्,अमेरिकाकै ग्रीन कार्ड बोकेका डा मिनेन्द्र रिजाल संचार मन्त्री तथा सरकारका प्रवक्ता छन् भने अमेरीकी देश क्यानडाका पिआर बोकेका डा नारायण खड्का शहरी विकास मन्त्री छन् यी त खुलि सकेका प्रमाणहरु हुन भने पर्दाफास हुन बाँकी रहेका अन्य थुप्रै अनुहारहरु मन्त्री परिषदमै हालान् । सामान्य प्रसाशन मन्त्री पण्डितले बिगतमा मोलेको चुनौतीको अर्को स्वरुप बाँकी नै रहेको आभास हुन्छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पनि मन्त्री देखि न्याय सेवामा रहेका न्याधिषहरुको समेत पिआर छानबिन गर्ने गरि ऐन नै बनाउन निर्देशन गरे लगत्तै राजनितीक दौडधुप बढेको छ । हुन त कर्मचारीहरुको पनि दौडधुप नभएको होईन पण्डित त्यस्ता ब्यक्ति हुन जो कसैका सामु झुकेनन् र नझुकुन पनि ।

चर्चाका दोस्रो पात्र हुन श्रम राज्य मन्त्री टेक बहादुर गुरुङ उनि पार्टिगत हिसाब बाट हेर्दा नेपाली काँग्रेशका नेता हुन तर ब्यबहारमा हेर्दा कुनै कम्युनिष्ट पार्टिका सामन्ति जस्ता किन की काँग्रेश नामैले उदार,अलि बढि स्वतन्त्र र सबैलाई माया गर्ने प्रबृत्ति र स्वभावका हुन्छन् भन्ने प्रजातान्त्रीक आचरणले जनाउँछ तर त्यहि स्कुलिङ बाट राजनितीमा होमिएका गुरुङ भने फरक स्वभावका रहेछन् ।

श्रम राज्य मन्त्री टेक बहादुर गुरुङ
श्रम राज्य मन्त्री टेक बहादुर गुरुङ

जस्ले बर्षै देखि नेपाली ग्रामिण बस्तीका गरिब र बेरोजगार युवालाई खाडिका जेल समम पु¥याउने धन्दा गरि अकुत सम्पत्ति आर्जन गर्दै आईरहेका थिए । तिनै बैदेशिक रोजगार दाताहरुको मनोमानी प्रबृत्ति अन्त गर्ने आँटिलो नेताको रुपमा राज्यमन्त्रीको मात्रै अधिकार पाएका गुरुङले आफुलाई राष्ट्रिय रुपमा चिनाउनेकाम मात्रै गरेनन् सम्पुर्ण नेपालीको माया र आर्शिबाद समेत पाएका छन् । म्यानपावर ब्याबसायिहरुले बिभिन्न बहानामा सात वटा खाडी राष्ट्रबाट आएको फ्रि भिजा फ्रि टिकेटको समेत ब्यापार गर्दै सोझा नेपालीलाई एउटा कम्पनि देखाउँदै अन्यत्रै पठाउने,कम्पनिमा भनी ऊँट गोडालोमा पठाउने जस्ता अमानविय कार्य गर्दै आएका थिए । जस्को परिणाम आजको दिनमा हजारौ युवा खाडीमुलुकका बिभिन्न जेलमा झुठ्ठ मुद्धामा परि मृत्युदण्ड सम्मको सजायाको सिकार बन्नु परेको छ । त्यहि कार्यलाई निरुत्साहित गर्ने उद्धेश्यले मन्त्री गुरुङले चालेको कदमका बिरुद्ध आन्दोलित बनेका मानव ब्यापारीहरुको यतिबेला लाजले मुन्टो देखाउने अबस्था छैन भने उता डि भि र पिआर धारीहरु न्ोपालको जागीर की बिदेशको नागरीकता भन्ने दुबिधामा छन् तसर्थ कोईराला मन्त्री परिषदका यि दुई मन्त्रीका कार्य नै कोईराला सरकारका आधार स्तम्भ र उपलब्धि हुन् सलाम पण्डित र गुरुङलाई ।

प्रकाश चन्द्र दाहाल