‘होस्टेल रिटर्न्स’लाई अनमोल केसिको साथ

0
816
बैकुण्ठ पराजुली( काठमाण्डौ ) साउन ८ = अनमोल केसी नेपाली चलचित्र उद्योगको भविष्यको सुपरस्टार । उनलाई चिन्नेहरु यसै भन्छन् चलचित्र ‘होस्टेल’बाट उदाएका अनमोल दोस्रो चलचित्र ‘जेरी’बाट पनि अजै चर्चामा आए । चलचित्र हिट पनि भयो । ‘होस्टेल’ चलचित्रबाट उदाएका अनमोलको नाम अहिले उच्च स्थानमा छ । तर उनै अनमोल करियर सुरु गरेको चलचित्रको सिक्वेल बन्दै गर्दा त्यसमा नअटाएपछी त्यो बीचमा केहि टिकाटिप्पणी पनि भए । तर चलचित्रमा नदेखिएपनि अनमोलले होस्टेल सिक्वेल रिलिजको दिन नजिकिँदै गर्दा प्रचार प्रसारमा भने साथ दिएर अघी देखिएका छन् । होस्टेल रिटर्न्सको टिमसँग प्रचारमा देखिएको तश्विर सार्वजनिक भएपछी कतै अतिथी भुमिकामा अनमोल चलचित्रमै अटाएका छण की भन्ने अनुमान पनि सुरु भएको छ । अर्को तर्फ निर्माता सुनिल रावलसँग सम्बन्ध बिग्रिएको अनुमान गर्नेहरुको अनुमान पनि फेल खाएको छ ।
अनमोलले सिक्वेलका लिड कलाकार सुशिल श्रेष्ठको कामको पनि खुलेर प्रशंसा गरेका । साथै अनमोलले प्रचार सहयोगमा राम्रो साथ दिने बचन पनि दिएपछी निर्माता रावल मक्ख छन् । त्यसो त अनमोल लिड कलाकर हुँदा निर्देशनमा हेमराज बिसी थिए । तर सिक्वेलमा भने कलाकारसरु सबैजसो परिवर्तन मात्र भएनन् निर्देशनमा पनि सुरज भुषाल आएका छन् । त्यसले पुराना कलाकार र निर्देशक नभएकोले निर्मातालाई केहि हदसम्म चलचित्र सफल बनाएर देखाउन चुनौती पनि छ । तर निर्माता रावल चलचित्र सफल हुनेमा शंका नभएको दाबी गर्दै प्रचार प्रसारमा मरि मेटेर जुटेका छन् । चलचित्र ‘होस्टेल रिटर्न्स’ भदौ ४ मा रिलिज हुँदैछ ।