बैकुण्ठ पराजुली (काठमाण्डौ) साउन ८ = जति पनि हिट लिस्टमा पर्ने बलिउड चलचित्र छन, प्रायः विवादमा आएकै हुन्छन् । यो बीचमा दर्शकको अपार साथका साथ चलिरहेको चलचित्र ‘बजरंगी भाईजान’ माथी पनि बिरोधको आवाग सुरु भएको छ । चलचित्रमा समावेश एक गीतको विषयलाई लिएर पाकिस्तानी नागरिकले अदालतको ढोकासम्म पुग्ने बताएका छन् ।
कव्वाली ‘भर दो झोली’ बोलको गीतको विषयलाई लिएर पाकिस्तानी कव्वाल अमजद साबरीले अदालत पुग्ने बताएका हुन् । उक्त गीत साबरीका पिता गुलाम फरीदले लेखेको जिकिर उनेल गरेका छन् । र उक्त गीतमा सलमान फिल्मस् र निर्देशक कबिर खानले अनुमति नलिएको आरोप उनको छ । यो बिषयमा साबरीले निर्माता तथा स्टार सलमान खानलाई र निर्देशक कबिर दुबैलाई जानकारी गराईसकेको र भारतिय अदालतको ढोकासम्म पुग्ने तयारी गरेको बताएका छन् । त्यसको लागी पाकिस्तानबाट भारत जान भिषा प्रक्रिया सुरु गरिसकेका छन् । यो गीतमा स्वर भने पाकिस्तानी गायक अदनान सामीको छ । सलमान खानसँगै करीना कपूर खान, नवाजुद्दीन सिद्दिकी र हर्षाली मल्होत्राको अभिनय दर्शकले ब्यापक रुचाएका छन् ।