बैकुण्ठ पराजुली( काठमाण्डौ) श्रावण ९ आउँदो भाद्र २६ गते सम्पन्न हुन गईरहेको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’को तेस्रो संस्करणका प्रतिस्पर्धी मध्येका उत्कृष्ट ५ का मनोनितलाई प्रमाण पत्र प्रदान गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच विभिन्न बिधाबाट मनोनयनमा परेका चलचित्रकर्मीहरुलाई प्रमाण पत्र प्रदान गरियो ।
कार्यक्रम सुचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । चलचित्रकर्मीहरुको बाक्लो उपस्थितीका बीच सम्पन्न कार्यक्रम कुनै अवार्ड समारोह भन्दा कम थिएन् । कुल २० विधामा अवार्ड प्रदान गरीने भए पनि १७ विधाका लागि संयोजक सहित ४ सदस्य रहेको निर्णायक समितिबाट मूल्यांकन गरी वर्षभरि प्रदर्शित चलचित्रहरूबाट उत्कृष्ट मनोनयन (पाँच), सर्जक (प्राविधिज्ञ तथा कलाकार) को नाम सार्वजनिक गरिएको थियो । जस अन्तर्गत “हिरा” सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कारको बिधामा चलचित्र जेरी, कबड्डी, नाई नभन्नु ल ३, नोभेम्बर रेन र ‘टलक जंग भर्सेस् टुल्के’मनोनयनमा परेका छन् । उत्कृष्ट चलचित्रको विधामा व्ल्याक हर्स पिक्चर्सका दुई चलचित्र मनोनयनमा परेका छन् । यस्तै “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कारका लागि दिनेश राउत – नोभेम्बर रेन, हेमराज बिसी – जेरी, मुस्कान ढकाल – नाई नभन्नु ल ३, निश्चल बस्नेत – टलक जंग भर्सेस् टुल्के र रामबाबु गुरुङ – कबड्डी विच प्रतिष्पर्धा हुने भएको छ । यता “शिव” सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कारका लागि कडा प्रतिष्पर्धा देखिन्छ । जसमा आर्यन सिग्देल – नोभेम्बर रेन, अनमोल केसी – जेरी, दयाहाङ राई – कबड्डी, जीवन लुईटेल – स्टुपिड मन,र खगेन्द्र लामिछाने – टलकजंग भर्सेस् टुल्के मनोनयनमा परेका छन् । यस्तै “भुवन” सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कारका लागि गरिमा पन्त यो वर्ष चलचित्र ठूलीबाट मनोनयनमा परेकी छिन् । यो विधामा उनी संग केकी अधिकारी – श्री ५ अम्बरे, नम्रता श्रेष्ठ – नोभेम्बर रेन,प्रियंका कार्की – सुन्तली र ऋचा शर्मा – टलक जंग भर्सेस् टुल्के बाट प्रतिष्प्रधि छन् । यता “नीर” सर्वोत्कृष्ट सहअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार को बिधामा अनुप विक्रम शाही – हँसिया,निरज बराल – स्टुपिड मन,प्रमोद अग्रहरी – सुन्तली,सलोन बस्नेत – आभाष, र सुशांक मैनाली – टलक जंग भर्सेस् टुल्के मनोनयनमा परेका छन् । “वसुन्धरा” सर्वोत्कृष्ट सहअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कारका लागि छुल्ठिम डोल्मा गुरुङ – नोभेम्बर रेन,लक्ष्मी गिरी – भूल भूलैया,निशा अधिकारी – आभाष, सरिता गिरी – रेड मनसुन,र सूर्यमाला खनाल – सुन्तली मनोनयनमा रहेका छन् । यस्तै “विश्व” सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कारको उत्कृट ५ मा विनय भट्ट – सम्बोधन, संजोग कोईराला – उत्सव,सौरमराज तुलाधार – जिन्दगी रक्स, सिद्धार्थ गुरुङ – वान वे र सुदर्शन थापा – अझै पनि मनोनयनमा रहेका छन् भने “चैत्य” सर्वोत्कृष्ट नवअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कारका लागि आना शर्मा – जेरी, आश्मा डिसी – आभाष,चाँदनी शर्मा – स्टुपिड मन, माला लिम्बु – वान वे र शिल्पा पोखरेल – लज्जा बाट मनोनयनमा रहेका छन् । यता “चेतन” सर्वोत्कृष्ट लेखन, राष्ट्रिय चलचित्र पुरस्कारका लागि विकास आचार्य – नाई न भन्नु ल ३, छेतन गुरुङ – नोभम्बर रेन, खगेन्द्र लामिछाने – टलक जंग भर्सेस् टुल्के, रामबाबु गुरुङ – कबड्डी र सामिप्य तिमल्सिना – स्टुपिड मनबाट उत्कृष्ट ५ को मनोनयनमा रहेका छन् । “मञ्जु” सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कारका लागि पुरुषोत्तम प्रधान – नाई नभन्नु ल ३, राजेश श्रेष्ठ – नोभेम्बर रेन, राजु थापा – कोहिनुर, सञ्जय लामा – स्टुपिड मन र शैलेन्द्रध्वज कार्की – जेरीबाट मनोनयनमा रहेका छन् । यस्तै “तुलसी” सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कारका लागि अनन्त थपलिया – हवल्दार सुन्तली, बनिष शाह – कोहिनुर, विपिन मल्ल – वान वे, निमेष श्रेष्ठ – कबड्डी र सुरेन्द्र पौडेल – आभाषबाट उत्कृष्ट ५ को मनोनयनमा परेका छन् । “भुटानी” सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कारको बिधामा चन्द्र पन्त – हवल्दार सुन्तली, हिमाल केसी – किल्ला, राजकुमार उप्रेती – हँसिया, रोशन श्रेष्ठ – आगो २ र सानुकुमार महर्जन – नाइके बाट मनोनयनमा परेका छन् । यता “शम्भुजीत” सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कारका लागि अर्जुन पोखरेल – तिम्रो आँखामा आँसु – स्टुपिड मन, वसन्त सापकोटा – म त मर्छु की – ठूली,चेतन सापकोटा – मात लाग्यो – लज्जा, दिपक शर्मा – तिम्रा डोला डोला – हवल्दार सुन्तली र ताराप्रकाश लिम्बु – तिमीलाई के भँनु – नोभेम्बर रेन मनोनयनमा छन् । यस्तै “उदित सर्वोत्कृट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कारका लागि अन्जु पन्त – स्टुपिड मन – स्टुपिड मन, मिलन अमात्य – जब सपनीमा – श्री ५ अम्बरे,राजेशपायल राई – म त मर्छु की – ठूली, स्वरुपराज आचार्य – तिम्रो आँखामा – स्टुपिड मन र युवराज चौलागाई – तिमीलाई– नोभेम्बर रेन प्रतिष्पर्धामा छन् । यता “वसन्त” सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कारको बिधामा कविराज गहतराज – घण्टी बज्यो – हवल्दार सुन्तली, गम्भिर विष्ट – नाचन मैयाँ – टलक जंग भर्सेस् टुल्के,गोविन्द राई – खुशी मनाऊँ साथी हो – नागबेली, रामजी लामिछाने – जीन्दगीको दुई पल – अलविदा,र रेनशा राई – आजको रात – हँसिया उत्कृष्ट ५ को मनोनयनमा रहेका छन् । यस्तै “शुभ” सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कारका लागि एलिस कार्की – कोहिनुर, जेशन कुँवर÷रोवर्ट जिसा – सुन्तली, मनोज कुमार के.सी. – माला, मोहित मुनाल – बिर्खेलाई चिन्छस् र रामाजी लामिछाने – तथास्तुबाट मनोनतयनमा रहेका छन् । यसै गरी “प्रदीप” सर्वोत्कृष्ट ध्वनि पुनः मुद्रण, राष्ट्रिय चलचित्र पुरस्कारका लागि अमित श्रेष्ठ – लभ यू बाबा, दिप तुलाधर – शिशा, डिजे एल एक्स – वान वे, मुकेश शाह – तथास्तु र उत्तम न्यौपाने – मुखौटाबाट उत्कृष्ट ५ को मनोनयनमा रहेका छन् । यस्तै निर्णायक समितिले आफै कार्यविधि बनाई छनोट गरेको कुनै एक श्रष्टालाई “मह” जुरी, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । यता आधिकारिक तथ्यांकका आधारमा वर्षभरिमा सबैभन्दा बढी टिकट बिक्री भई सर्वोत्कृष्ट व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रका निर्मातालाई “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । भने नेपाली चलचित्र उद्योगको श्रीबृद्धिका लागि उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक चलचित्र पत्रकारलाई “पुष्कर” चलचित्र पत्रकारिता, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । वरिष्ठ संगीतकर्मी शुभबहादुर सुनाम संयोजक रहेको निर्णायक मण्डलमा वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ र वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप सदस्य छन् ।