श्रावण १० सोह्र बुँदे सहमति गरेका मुख्य ४ दलले आउँदो साउन ३१ गते संविधान जारी गर्ने समझदारी गरेका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो प्रस्तावमा साउन ३१ गते संविधान जारी गर्न ४ दलका शीर्ष नेता सहमत भएको जानकारी दिनुभयो ।
सभाध्यक्ष नेम्वाङ्गले संविधानसभाभन्दा बाहिर रहेका दललाई पनि सहमतिमा ल्याउने समझदारी भएको पनि जानकारी दिनुभयो ।

सहमतिसँगै अब संविधानसभाले साउृन ३१ गते संधिवान जारी गर्ने गरि कार्यतालिका बनाउनेछ । ४ दलका नेताले साउन ३१ गते संधिवान जारी गर्नेगरि कार्यतालिका बनाउन सभाध्यक्ष नेम्वाङलाई आग्रह गरेका छन् ।
छलफलपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रक्रिया पूरा गरेर साउन मसान्तभित्रै संविधान जारी गर्ने र नागरिबाट आएका सुझाव समावेश गर्ने सहमति भएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी त्यस्तै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पनि एक दुई दिनमै काम सक्ने गरी कार्यतालिका बन्ने बताउनुभयो ।एमालेका मुख्य सचेतक अग्नी खरेलले पनि साउनभरिमा नयाँ संविधान जारी गर्ने गरि सहमति भएको जानकारी दिनुभयो ।
१६ बुँदे सहमति गरेका ४ दलले छिटोबाटोबाट संविधान जारी गर्ने भन्दै कार्ययोजना बनाइरहेपनि मधेशकेन्द्रित दलले त्यसको विरोध गरिरहेका छन् । राष्ट्रपति डा.रामवरण यादवले पनि प्रक्रियाभन्दा बाहिर रहेका दललाई पनि सहभागी गराउन पर्याप्त समय दिन आग्रह गर्नुभएको छ ।