श्रावण १० । वर्ल्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १४ भेट्रान खेलाडीसहित १९ सदस्यीय नेपाली टोली फ्रान्सको लियोन जाने भएको छ ।
अगष्ट ४ देखि १६ तारिखसम्म हुने च्याम्पियनसिपमा भीमसेन अवाले, बालकृष्ण डंगाल, मनीष जोशी, सावित्री खनाल, शिवहरि खनाल, बाबुकृष्ण महर्जन, राजमान महर्जन, रमेश महर्जन, विष्णुमल्ल, इन्द्रा मल्ल, त्रिरत्न मानन्धर, दीपककुमार रन्जित, रमेश शाक्य र कृष्णकुमार श्रेष्ठले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा विश्वरत्न मानन्धर रहेका छन् ।
टोलीसँगै नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटका उपाध्यक्ष यज्ञलाल श्रेष्ठ र कोषाध्यक्ष भैरव शाही पनि फ्रान्स जानेछन् ।
अगष्ट २ तारिखमा त्यसतर्फ प्रस्थान गर्ने टोलीलाई गजराज जोशी ट्रष्टले झोरमा आयोजित एक कार्यक्रमबीच आइतबार बिदाइ गरेको छ । च्याम्पियनसिपमा विभिन्न १ सय ८८ राष्ट्रका ८ हजार ४ सय प्रतिस्पर्धीको सहभागिता रहने कोषाध्यक्ष शाहीले जनाएका छन् ।