अतिश कुमार मिश्र
जनकपुरधाम, । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले धोखाधडीको रुपमा ल्याइएको मस्यौदा अनुरुपको संविधान मधेशी जनताले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने चेतावनी दिएका छन ।
मोर्चाले मस्यौदाको विरोध गर्दै जनकपुरमा आज आयोजना गरेको विरोध सभाको सम्बोधन गर्दै मोर्चाका शीर्ष नेताहरुले विगतका सहमति र सम्झौताहरुलाई लत्याउदै केही व्यक्तिको इसारामा मधेश विरोधी संविधान ल्याउने षडयन्त्र भै रहेकोले आफहरु विरोध गर्दै आएको स्पष्ट गरेका छन ।
उनिहरुले सत्तापक्षले मस्यौदामा सुधार गर्दै मधेशी दलित जनजाति आदिवासी महिला मुश्लिम लगायतको अधिकार सुनिश्चित नगरे अबको आन्दोलनको आन्दोलन भयावह हुने र त्यसलाई मुलुकले थेग्न नसक्ने चेतावनी समेत दिएका छन ।
सत्तास्वार्थमा परि विगतका आन्दोलनको उपलब्धिहरुलाई संस्थागत हुन बाट बंचित गर्दै तैयार पारिएको मस्यौदालाई मधेशले अस्वीकार गरि सकेको हुँदा हु्ँदै त्यसलाई अपहलेना गर्ने प्रयास गरिए शासकवर्गलाई इतिहासको सबैभन्दा ठुलो परिणाम भोग्नु पर्ने चेतावनीसमेत दिएका छन ।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै तराईमधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिले आएको मस्यौदा अधुरो र अपूर्ण रहेको भन्दै यसले केही व्यक्तिको पदीय स्वार्थ मात्र पूर्ति गर्ने भएकाले आफुहरुले अस्वीकार गर्दै आएको बताएका छन ।
सवै नियम कानूनलाई उल्लंघन गर्दै ल्याइएको मस्यौदा अन्तरिम संविधानलाई समेत धज्जी उडाएको भन्दै उनले मस्यौदाकै आधारमा संविधान जारी भए मधेशी जनतालाई फेरी पचास वर्ष पछाडी फर्कनु पर्ने बताएका छन ।
अध्यक्ष ठाकुरले मस्यौदा अनुरुपकोसंविधान जारी भएपनि मुलुकमा रहेको समस्या समाधान हुन नसक्ने बताएका छन ।
मधेशी जनतलाई मस्यौदा माथि सुझाव संकलनलाई अस्वीकार गर्दै आफनो अभिमत राखि सकेको बताउदै उहाँले त्यसलाई सम्मान गर्नुपर्ने समेत बताए ।
सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ४ दलको सहमतिमा आएको आएको मस्यौदा लोकतन्त्रलाई समेत अस्वीकार गरेको उल्लेख गर्दै संघीयतालाई समाप्त पार्ने गरि ल्याएको मस्यौदालाई विरोध गर्नुको विकल्प नरहेको बताएका थिए ।
प्रेस स्वतन्त्रलाई समेत अपहरण गरेको मस्यौदा संघीयतालाई समाप्त पार्दै मुलुकमा पुनः एकात्मक र एकल जातिय शासन सत्ता लादन चाहेकोले विरोध गर्नु परेको उल्लेख गरेका छन ।
सभामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस र एमाले जन्मजात बेइमान रहेको बताउदै पछिल्लो समयमा एमाओवादी पनि त्यही बाटोमा गएको आरोप लगाएका छन ।
उनले अन्तिम मस्यौदामा समेत मधेशका हकअधिकार सुनिश्चित नगरिए मधेशका लागि संविधानसभा असफल हुने मधेशी दलका सभासदहरुलाई संविधान सभा तथा काठमाण्डौ संग नै नाता तोडन बाध्य हुनु पर्ने बताएका छन ।
मोर्चाले साउन १२ गते आन्दोलनको नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी गराउदै नेता महतोले अव हुने आन्दोलनको लागि तैयारीअवस्थामा रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन ।
त्यस्तै तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले ४ दलको सहमतिका आएको मस्यौदा पूर्व नियोजित नै रहेकाले त्यसको विरोध गरेर मधेशी जनताले आन्दोलनको ट्रेलर देखाई सकेको बताए । उनले मधेशी जनता पटक पटक आन्दोलन गरि सकेकाले अव आन्दोलन वा विद्रोहनगर्ने स्पष्ट गर्दै अव मधेशमा महायुद्ध हुने चेतावनी दिएका छन ।
तराई मधेश लोकतान्त्रिक पार्टीका धनुषा अध्यक्ष परमेश्वरसाहको अध्यक्षतामा भएको उक्त सभामा तमसपाका वरिष्ठ नेता रामनरेश राय, तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, सदभावना पार्टीका केन्द्रिय सदस्य लाल किसोर साह, संघीय फोरम नेपालका केन्द्रिय सदस्य हरिनारायण यादव, सभासद उर्मीला साह लगायतका वक्ताहरुले बोलेका थिए । सदभावनाका जिल्ला अध्यक्ष संजय सिंहले उदघोषण गरेको कार्यक्रममा संघीय फोरम नेपालका जिल्ला अध्यक्ष शेषनारायण यादवले स्वागत मन्तव्य तथा तमसपाका जिल्ला अध्यक्ष रुपनारायण मण्डलले धन्यवाद ज्ञापन गरेका थिए ।