उपसभामुखमा भुसालको उमेदवारी दर्ता ।

0
473

 

चैत १ काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी लिएको छ । कांग्रेस सांसद पुष्पा भुसालले उम्मेदवार दर्ता गराएकी हुन् ।

अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।

उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको छ तर, उसले उम्मेदवार टुंगो लगाएको छैन ।