नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प,कंसाकारले यसरी दिए प्रधानमन्त्रीलाई चुनौती ! भिडियो रिपोर्ट ।

0
1446

चैत १ काठमाडौं । नेपाल वायु सेवा निगमले भित्र्याएका ४ वटा चिनियाँ जहाज वाई १२ यतिबेला उडान नै नभरी त्रिभुवन विमानस्थलमै थन्किएका छन् । आन्तरिक उडान भर्नुपर्ने यी ४ वटै जहाज एकसातादेखि विमानस्थलमै थन्किँदा निगमलाई ठूलो आर्थिक क्षति पुगेको छ । भएका पाइलटहरुले धमाधम राजिनामा गर्न थाले पछि निगम पाईलटको अभावमा परेको हो । आन्तरिक उडानमा जोखिम धेरै मोल्नु परेको भन्दै पाईलटहरु अन्तराष्ट्रिय उडानमा जान प्रयास गर्ने गरेका छन् तर ए३२० मा जान महाप्रबन्धक वा अप्रेसन डिपार्ट प्रमुख सुभाष रिजालको आर्सिवाद चाहिने भन्दै भएका पाइलटहरु समेत रुष्ट हुँदै राजिनामा गर्न बाध्य हुने गरेका छन् ।
एउटा मात्रै होइन, ४,४ वटा विमानहरु नउडाई थन्क्याएर राखिनुले नेपाल वायु सेवा निगमका हाकिमहरुको व्यवस्थापकीय क्षमतामाथि नै गम्भीर प्रश्न उठाइदिएको छ ।

जहाज उडाउने पाइलट नपाएको भन्दै निगमले चीनबाटै पाइलट ल्याउने तयारी थालिएको बताएको छ । नेपालमा पाइलट अभाव हुनुमा अप्रसन डिपार्टको नेतृत्वमा रहेका सुभाष रिजाल मुख्य दोशी देखिएका छन् । उनको हैकमका कारण भएका पाईलटले काम गर्न मानेका छैनन् । रिजाल कै कारण ७४ जना पाइलटको टिम बिभिन्न ग्रेपमा बिभाजित भएको छ । यस्तो समस्या किन भयो भनी जिज्ञासा राख्दा महाप्रबन्धक सुगतरत्न कंसाकार भन्छन् पाइलटहरुमा दुई वटा टिम छ एउटा रिजाल टिम र अर्को शेरचन टिम मिलाउन गाहे भएको उनि स्विकार्छन् । वाई १२ जहाज उडाउने नपाली पाईलटले मुस्किलले डेढ लाख तलव पाउँछन् भने बिदेशी पाईलटलाई १८ लाख सम्म तलव दिएर राखीएको भन्दै नेपाली पाईलटहरुले धमाधम जागिर छोडिरहेका छन् तर कंकासरलाई चिन्ता छैन । किनकी उनि भन्छन् प्रधानमन्त्री देखि तिनै पार्टीका सभापतिले अपरेशन डिपार्टको मनोपोलीले समस्या भएछ पाईलटहरुको धेरै गुनासो आयो समस्या समाधान गर्नुस् भन्दा पनि कंसाकार कसैले भन्दैमा रिजाललाई नहटाउने अडानमा छन् । निगममा बिमान खरिद गर्दा आउने कमिसन र क्यावीन क्रुहरुका लागि बिदेशमा ब्यबस्थापन गरिने होटलबाट आउने कमिसनका कारण ठूलो अािर्थक चलखेल हुने गरेको पाईलटहरुले बताउने गरेका छन् । सोही आर्थिक लाभका लागि अप्रेसन डिपार्टमा एस म्यान राख्ने गरिएको असन्तुष्ट पाइलटहरुको गुनासो छ । कंसाकाले पनि सबै डिपार्टमेन्टमा आफ्नो टिम सेट गरेका छन् । उनलाई जहाज उड्नु र नउड्नु भन्दा पनि आर्थिक लाभलाई प्राथमिकतामा राखेकाले आन्तरिक तर्फका सबै उडान हुन सकेको छैन ।
यसैवीच पर्यटन मन्त्रालयले भने निगमका अधिकारीहरुको लापरवाहीका कारण चिनियाँ विमानहरु थन्किएको निष्कर्ष निकालेको छ । सोही निस्कर्षका आधारमा पर्यटन सचिव कृष्ण देवकोटाले निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई विमानहरु थन्किुनको कारण पेश गर्न भनेका छन् । उनले दिएको जवाफ चित्तबुझ्दो नआए उनलाई हटाउने तयारी समेत मन्त्रालयले गरेको छ ।