युएस बंगलाको काठमाण्डौं ढाका उडान आज देखि बन्द ।

0
537

चैत १ काठमाडौं । गत सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका काठमाडौं उडान आज बाट बन्द गरेको छ ।

विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ ।

७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान बन्द गरिएको हो ।

उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाले काठमाडौं ढाका उडान बन्द गर्नुपरेको हो ।

यस बारेमा त्रिभुवन विमानस्थललाई भने अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन् ‘अहिलेसम्म हामीलाई उडान बन्द गर्ने बारेमा कुनै जानकारी आएको छैन, उडान बन्द गर्दा हामीलाई जानकारी गराउने प्रचलन छ ।’