डेनिस एहमद कलेज अफ इन्जिनियरिङ चेन्नइ भारतका सचिव केडर शाहाले नेपाली बिद्यार्थीहरुको शैक्षिक गन्तब्य भारत नै भएको बताएका छन् । सञ्चारखवर डटकम सँगको संक्षिप्त कुराकानीमा उनले अमेरिका अष्ट्रेलिया जस्ता देशहरुले भारतीय जनशक्तिकै प्रयोगबाट देशलाई सम्पन्न बनाएको र अहिले पनि माइक्रोसफ्ट जस्तो कम्पनीमा भारतीय ब्यक्ति नै प्रमुख रहेको भन्दै भारतीय प्रोडक्टको माग बिश्व बजारमा दैनिक बढिरहेको बताएका छन् । डेनिस एहमद कलेज अफ इन्जिनियरिङमा अध्यायन गर्न चाहने नेपाली बिद्यार्थीहरुले राजधानीको सोह्खुट्टेमा रहेको ड्रिम डेष्टिनी एजुकेशन फाउन्डेशन मार्फत भर्ना गर्न सकिने उनले जानकारी दिए । अमेरिका अष्ट्रेलिया भन्दा भारतको शिक्षा प्रभावकारी र गुणस्तरीय भएको भन्दै शाहले सस्तो सुल्कमा देश बिकास गर्ने जनशक्ति उत्पादनका लागि इन्जिनियरिङ अध्यायन गर्नु पर्ने सुझाव दिएका छन् । डेनिस एहमद कलेज अफ इन्जिनियरिङले कम सुल्कमा बिश्वसनिय सेवा,दक्ष प्रशिक्षक र बिश्व बजारमा प्रतिस्पर्धी इन्जिनियरहरु उत्पादन गर्दै आएको जानकारी दिंदै शाहले नेपाली बिद्यार्थीहरुलाई बिगत देखि नै सेवा दिन पाएकोमा खुशि ब्यक्त गरेका छन् ।