चैत ४ काठमाडौं । प्रदेशसभा सांसद् राजीव गुरुङ भनिने दिपक मनाङेको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् । मनाङ्गे नेपाल बाहिर रहेको सूराकी पाएपछि प्रहरीले उनको नाममा रेडकर्नर नोटिस जारी गर्ने पहल थालेको थियो । यसअघि २ माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको थियो । त्यसयता उनी फरार छन् ।