बालाजुमा बिद्यार्थीहरु बीच ग्याङ फाईट,एक जना घाईते, तीन जना पक्राउ ।

0
654

चैत ४ काठमाडौं । काठमाडौंको बालाजुमा विद्यार्थीहरुबीच ग्याङ फाइट भएको छ । उनीहरुले आफ्नो साथीलाई कुटपिट गरेको भन्दै एञ्जल हर्ट विद्यालयको कक्षा ९ मा पढ्ने केही विद्यार्थीलाई कुटपिट गरेका हुन् । घटनामा संलग्न भएको आरोपमा तीन जनालाई बालाजु प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशाल न्यौपाने, असिम लामा र २१ वर्षीय सुनिल छन्त्याल छन् ।

घाइते एक जना विद्यार्थीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ परेकालाई सार्वजनिक मुद्धा लगाउने प्रहरीले जनाएको छ ।