नन्द बहादुर पुन बने दोस्रो पटक उपराष्ट्रपति ।

0
403

चैत ४ काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ ।

उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको हो । दोस्रो कार्याकालमा निर्वाचित भएको कार्यकाल सफलताका लागि हाम्रो पनि शुभकामना ।