भारतीय बिदेश मन्त्री स्वराजले दिइन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बधाइ ।

0
482

चैत ४ काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बधाइ दिएकी छन् ।काठमाडौंस्थित भारतीय दूतावासका अनुसार स्वराजले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो समेत दिएकी छन् ।
उनले टेलिफोनमार्फत बधाइ दिँदै ज्ञवालीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् ।