वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी दैनिक सुनुवाई गर्न मन्त्री विष्टको निर्देशन ।

0
220

चैत ४ काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा जाँदा ठगमा पर्नेहरुले गर्ने उजुरीको सुनुवाई दैनिक रुपमा गर्न निर्देशन दिएका छन् ।

यस्तै वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिन काठमाडौं नै आउनुपर्ने अवस्था अन्त्य गर्न विष्‍टले वैदेशिक रोजगार विभागलाई आग्रह गरेका छन् ।

विभागलाई मन्त्री विष्टले ठगीमा परेकालाई न्याय दिन र क्षतिपूर्ति दिलाउन हप्ताको एकपटक मात्रै सुनुवाई गर्ने व्यवस्थालाई दैनिकमा झार्न पनि निर्देशन दिएका छन् ।

अहिले वैदेशकि रोजगार विभागमा आफू ठगिएको भन्दै दैनिक १५ देखि २० वटा उजुरी पर्ने गरेको छ । विभागले नसल्टिएका उजुरीमाथि प्रत्येक बुधबारमात्रै सुनुवाइ गर्ने गरेको छ ।

यसअघि श्रम तथा रोजगार मन्त्रालयले बाराको सिमारा र दाङमा यस्ता कार्यालय खोल्ने निर्णय गरेको थियो ।