प्रधानमन्त्रीले दिए मन्त्री र सचिवहरुलाई निर्देशन,कामचोरहरुलाई नछोड्ने चेतावनी ।

0
320

चैत ४ काठमाडौं । मन्त्रिपरिषद बिस्तारसँगै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री र उच्च प्रशासकहरुसँग कडा रुपमा प्रस्तुत भएका छन् ।

राज्य र जनताका काम गर्न नखोज्ने र लामो हात गर्ने कसैलाई पनि छुट नदिने ओलीले प्रष्ट पारेका छन् ।

नवनियुक्त मन्त्री, मुख्य सचिव र सचिवहरुलाई आइतबार प्रधानमन्त्री कार्यालयमा सामुहिक रुपमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले काम पन्छाउने, झारा टार्ने र परिणाम ननिकाल्नेहरुप्रति आफू कठोर रुपमा प्रस्तुत हुने बताए ।

प्रधानमन्त्रीको निर्देशन सुन्न सबै मन्त्री र सचिवहरु पुगेका थिए । निर्देशनपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ऐतिहासिक दायित्व पूरा गर्न यो सरकार गठन भएकाले सोही अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको बताए ।

उनले सुशासनका मामिलामा आफू कसैसँग सम्झौता नगर्ने बताए ।