हेभी इक्विपमेन्टको आयात बढ्यो, चालक अभावले मेसिन थन्कियो ।

0
318

चैत ६ काठमाडौं । विकास निर्माणमा केन्द्रित हुँदै गर्दा कन्सक्ट्रसनसम्बद्ध हेभी इक्विपमेन्टको आयात बढेको छ । तर अपरेटरले लाईसेन्स नपाउँदा मेसिनहरु थन्किएका छन् ।

वीरगञ्ज भन्सारका प्रमुख सेवन्तक पोखरेलले यो वर्ष निर्माणसम्बद्ध यन्त्र तथा उपकरणको आयातमा वृद्धि देखिएको बताउँ छन् । ‘यो वर्ष भन्सारमा देखिएको नौलो ट्रेण्ड भनेको निर्माण उपकरणको आयातमा भएको वृद्धि नै हो,’ पोखरेल भन्छन्, ‘भन्सार राजस्वका लागि यसको योगदान महत्वपूर्ण छ ।’

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा झण्डै ३७ अर्ब बराबरको मेसिनरी तथा तीनका पार्ट्स आयात भएका छन् । गत वर्ष यही अवधिमा २३ अर्बको मात्रै मेसिनरी तथा पाट्र्स आयात भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँ छ । साथै गत वर्ष जम्मा ४२ अर्ब बराबरको मेसिनरी आयात भएको थियो ।

भारतबाट मात्रै २० अर्बभन्दा बढीको मेसिनरी आयात भएको छ । जबकी यो गत वर्ष १४ अर्बमा सीमित थियो । चीनबाट हुने आयात पनि दोब्बर भएको छ ।

चीनबाट ११ अर्बबराबरको मेसिनरी आयात भएको छ । जुन गत वर्षभरमा जम्मा १० अर्ब बराबरको मात्रै थियो ।

तेस्रो मुलुकबाट आउने यन्त्र उपकरणमा पनि ठूलो वृद्धि देखिएको छ । सात महिनामा ५ अर्ब बराबरको मेसिनरी आइसकेको छ । अघिल्लो वर्ष तेस्रो मुलुकबाट ६ अर्ब बराबरको मात्रै मेसिनरी र पार्टपूर्जा आयात भएको थियो ।