बिश्व प्रसिद्ध यु यस बि रक ब्रेकर नेपाल भित्रियो,खरिद कर्तालाई अफरै अफर ।

0
676

चैत्र १० काठमाण्डौं । अत्याधुनिक प्रबिधि माफर्त दक्षिण कोरियामा निर्मित बिश्व प्रसिद्ध यु यस बि रक ब्रेकर नेपाल भित्रिएको छ । नेपालको लागि आधिकारीक बिक्रेता हजुरलाई नमस्ते ट्रेडलिंकले शनिबार एक समारोहका बिच दुई किसिमका रक बे्रकरहरुको सार्वजकिकरण गरेको हो । बक्समा रहेको ब्रेकरको मुल्य १६ लाख रहेको छ भने खुल्ला रहेको ब्रेकरको मुल्य १५ लाख रहेको छ ।

ब्रेकर लन्चिङ अवसरमा खरिद कर्ताहरुलाई दुबई भ्रमणको ब्यबस्था समेत मिलाएको छ । यु यस बि ब्राण्डको रक ब्रेकर अत्यन्तै शक्तिशाली भएको कम्पनीले दावी गरेको छ । ब्रेकरको सुभारम्भ गर्दै पुर्व बन मन्त्री बिक्रम पाण्डेले नेपाली निर्माण ब्यबसायीको ठूलो समस्या यो ब्रेकरले अन्त्य गर्ने भन्दै यसको प्रयोगबाट नेपालको बिकासमा ठूलो सहयोग मिल्ने धारणा राखेका थिए । हजुरलाई नमस्ते ट्रेडलिंक प्रा लिका अध्यक्ष तारा बहादुर कुँवरले हेभी इक्युपमेन्ट ब्यबसायीको समस्यालाई ध्यानमा राखी ब्रेकरको बिक्रि बितरण थालिएको जानकारी गराउनु भएको थियो । उक्त अवसरमा देश बिकासमा सक्रिय रहेका १ दर्जन निर्माण ब्यबसायीलाई सम्मान गरिएको थियो ।