मण्डली सहकारीले गर्यो बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम ।

0
339

चैत्र १० काठमाण्डौं । मण्डली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठौँ बार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान, जीवन दान, “महादान” भन्ने मुल नाराका साथ गरिएको उक्त रक्तदान कार्यक्रममा संस्थाका शेरधनी र बचतकर्ताहरु सहित करिव सय भन्दा बढीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम रेडक्रस सोसाईटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।


२०६६ सालमा स्थापना भएको उक्त सहकारीले प्रत्येक वर्ष विभिन्न सामाजिक कार्य गरेर आफ्नो बार्षिक उत्सव मनाउँदै आईरहेको छ । सहकारी संस्थाले हरेक वर्ष विभिन्न ठाँउमा गएर कहिले जनहितका कार्यक्रमहरु टोल सरसफार्इ र रक्तदान लगायतका सामाजिक सेवाका कार्यक्रमहरु गर्दै वार्षिक उत्सव मनाउने गरेको मण्डली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अध्यक्ष सन्तमान श्रेष्ठले बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले समाज सेवामा रक्तदान गराएर आपतकालिन सेवामा ठुलो टेवा मिल्ने भन्दै निरन्तर सामाजिक कार्यमा पनि लागिरहने प्रतिबद्धता जाहेर गरेका छन्। कार्यक्रममा रक्तदान गर्नुहुने दाताहरुलार्इ अध्यक्ष सन्तमान श्रेष्ठले फलफुल, जुस तथा स धन्यवाद प्रमाणपत्र दिएर बिदार्इ गर्नुभएको थियो । यसरी बचत गरेर वा ऋण दिएर जनताको मन जित्न सफल सहकारी संस्थाले आगामी दिनमा पनि निरन्तर सामाजिक कार्यलार्इ समयानुकुल योगदान दिइरहने संस्थाले जानकारी दिएको छ ।