प्रहरीको सेवा अवधी ३० बर्ष कायम गर्ने गृह मन्त्रालयको तयारी ।

0
294

चैत्र ११ काठमाण्डौं । गृह मन्त्रालयले प्रहरीको सेवा अवधि तत्काललाई ३० वर्ष नै कायम गर्ने तयारी गरेको छ ।

राजधानी दैनिकका अनुसार गृहमन्त्रालयमा शनिबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा भएको संघीय प्रहरी ऐनको मस्यौदामाथिको छलफलमा ३० वर्ष सेवा अवधिलाई तत्काल नहटाउने राय आएपछि मन्त्रालयले यस्तो तयारी गरेको हो ।

स्रोतका अनुसार, गृह सचिव मोहनकृष्ण सापकोटा, गृहका सहसचिव तथा उपसचिवलगायतको सहभागिता रहेको बैठकमा अधिकांशले नेतृत्व परिवर्तनको संघारमा प्रहरीको सेवा अवधिमा विवाद गर्न नहुने धारणा राख्दै हालको ३० वर्षे अवधि नै कायम गर्न उचित हुने सुझाव दिएका थिए ।

गृहले यसअघि तयार पारेको संघीय प्रहरी ऐनसम्बन्धी मस्यौदामा भने ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष उमेर हद कायम गर्न उल्लेख छ ।