पूर्वि पृतनामा पोखरीमा डुवेर २ सैनिकको मृत्यु ।

0
392

चैत १३ मोरङ । पूर्वी पृतना हेडक्वाटरमा दुई सैनिकको मृत्यु भएको छ । पोखरीमा डुबेको अवस्थामा भरत बिक र दोलख जंग गएराति ९ बजे मृत फेला परेका हुन् । उनिहरु के कारणले पोखरीमा गएका थिए भन्ने पृतनाले जानकारी दिएको छैन ।

उनीहरुलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इटहरीका डिएसपी सन्जय राउतले जानकारी दिए ।

मृतकको ठेगाना र पद भने खुलाइएको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।