अष्ट्रेलियन प्रधानमन्त्रीले दिए दुईजना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश ।

0
317

चैत १३ बीबीसी । अष्ट्रेलियाले पनि रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको छ । अमेरिका, क्यानाडा र युरोपका देशहरुले हालसम्म एक सयभन्दा बढी रूसी कुटनीतिज्ञहरुलाई देश निकाला गरिसकेका छन् ।

रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने राष्ट्रहरुको सूचीमा पछिल्लो पटक अष्ट्रेलिया पनि थपिएको हो । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दुईजना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएका छन् ।

युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कले इयुको साझा कदम अन्तर्गत रूसका थप कुटनीतिज्ञहरु देश निकाला हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।

रुसी वाणिज्य दूतावास बन्द

बेलायतमा रुसका पूर्वजासुस सर्गेई स्किपल र उनकी छोरी युलियालाई बिष प्रयोग गरी हत्या गर्न खोजेको आरोपमा रुसले नर्बेका एजेन्टमाथि गरेको कारवाहीको प्रतिक्रियाअन्तर्गत साझा कदम हो । यही प्रतिक्रियास्वरुप अमेरिकाले २० जना कुटनीतिज्ञलाई निस्कासित गरेको छ भने सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गराएको छ ।

शीत युद्धपछि रुसमाथि अमेरिकाले सबैभन्दा ठूलो कारवाही गरेको बीबीसीले जनाएको छ । यसअघि शीत युद्धको बेला सन् १९८६ मा तत्कालीन अमेकिी राष्ट्रपति रोनाल्ड रेगनले ८० रुसी कुटनीतिज्ञलाई निस्कासित गरेका थिए ।

रुसी कुटनीतिज्ञहरुलाई उनका परिवारका सदस्यहरुसहित अमेरिका छाड्न सात दिनको समय दिइएको ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले बताएकी छन् ।

उनले भनेकी छन्, ‘आज राष्ट्रपति डोनाल्ड ट्रम्पबाट रुसका दर्जनौं कुटनीतिक अधिकारीहरुलाई अमेरिकाबाट निस्कासित गर्न आदेश आएको छ । यसका साथै सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गर्न पनि आदेश दिइएको छ । किनकी यो दूतावास हाम्रो पनडुब्बी र बोइङ अड्डाको नजिकै छ ।’