रौतहटको चन्द्रपुरमा आगलागी,आगो नियन्त्रणको प्रयास जारी ।

0
265

चैत १४ रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका–५, तल्लो बजारमा रहेको एक हार्डवेयर गोदाममा बिद्युत सर्ट हुँदा आगलागी भएको हो । बजारमा रहेको राहुल हार्डवेयर गोदाममा बिहानैदेखि आगलागी भए पनि नियन्त्रण लिने प्रयास जारी रहेको छ ।
प्लास्टिक, प्लाइउड र फलामका सामानहरुको ठूलो गोदाममा आगो लागेकाले निभाउन समस्या परिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले चन्द्रपुर नगरपालिका–५, तल्लो बजारमा रहेको राहुल हार्डवेयरमा बिहानैदेखि लागेको आगो नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिए ।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार, आगो नियन्त्रणका लागि गौर र चन्द्रपुर नगरपालिकाको अग्नी नियन्त्रकसँगै बारा, सर्लाही र हेटौंडाबाट समेत दमकल ल्याइएको छ ।

अहिले ५ दमकलसँगै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।