स्पेनद्धारा अर्जेन्टिना पराजित,इस्कोले गरे ह्याट्रिक ।

0
2210

चैत १४ काठमाडौं । इस्कोको हृयाट्रिक मद्दतमा स्पेनले अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ ।

विश्वकपअघि भएको मैत्रिपूर्ण खेलमा स्पेनले अर्जेन्टिनामाथि ६(१ को जित निकालेको हो । मड्रिडमा भएको खेलमा अर्जेन्टिनाका लिओनल मेस्सी भने खेलका थिएनन् ।

स्पेनले १२ औं मिनेटमा डिएगो कोष्टाको गोलबाट अग्रता लिएको थियो । २७ औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे । खेलको ३९ औं मिनेटमा अटामेन्डीले गोल गर्दै खेललाई २(१ मा पुर्‍याए ।

तर, दोस्रो हाफमा स्पेन हावी भयो । ५२ औं मिनेटमा इस्कोले दोस्रो गोल गरे भने तीन मिनेटपछि नै थिएगोले गोल गरे । खेलको ७३ औं मिनेटमा योगो स्पासले गोल गरे ।

त्यसको एक मिनेटपछि नै इस्कोले हृयाट्रिक पूरा गर्दा स्पेन ६(१ ले विजयी भएको छ ।