चैत्र १७ काठमाण्डौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को आयोजनामा पर्यटन सम्बद्ध १ दर्जन बढि संघ संस्थाको सहभागीतामा ठमेल सफाइ अभियान सम्पन्न भएको छ ।
ठमेल स्थित कर्मचारी संचय कोषको भवनबाट सुरु भएको सफाइ अभियानमा बन तथा वाताबरण मन्त्री शक्ति बहादुर बस्नेतको समेत सहभागीता रहेको थियो । अभियानकोे उद्धघाटन गर्दै मन्त्री बस्नेतले यस्ता अभियानहरु सांकेतिक मात्रै भएको भन्दै टोल टोलमा समूदायबाटै सफाइ अभियान गर्नु पर्नेमा जोड दिए । उनले सरकार सिंगो देशको राजनितीक फेहोर ब्यबस्थापनमा लागेको भन्दै वाताबरणीय सफाइमा स्थानियको सहभागीता र सहयोगको अपेक्षा रहेको भनाइ राखेका थिए ।
सफाई अभियानको मुख्य उद्धेश्य पर्यटन क्षेत्रलाई आकर्षित गरी बिदेशी पर्यटकको नेपाल बसाई लम्बाउने रहेको बताउँदै टानका अध्यक्ष नवराज दाहालले अब हरेक पर्यटकिय क्षेत्रको सफाइमा ब्यबसायी कै सहभागीता हुने बताएका छन् । सफाइ कार्यमा युवाहरुको राम्रो उपस्थिती रहेको थियो ।