संसदको हिउंदे अधिबेसन सकिंदै,आजै प्रधानमन्त्रीले सम्बोधन गर्ने ।

0
631

चैत २० काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

साढे १० बजे बस्ने मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपति समक्ष पठाउने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

अधिवेशन अन्त्यको तयारी हुँदै गर्दा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद बैठकलाई सम्बोधन गर्दैछन् ।

जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ । त्यसको कम्तिमा १५ दिनअघि नै बजेट अधिवेशन सुरु हुन्छ ।

प्रतिनिधिसभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । त्यसयता १० पटक प्रतिनिधिसभाको बैठक बसिसकेको छ ।