अत्याधुनिक सुबिधा सहितको सस्तो स्मार्ट फोन आउँदै, सुबिधा यस्ता छन् ।

0
1067

गुगलले अहिलेसम्म प्रिमियम मूल्यमा फ्लागसीप स्पेसिफिकेसन्सवाला पिक्सेल रेन्जका स्मार्टफोन मात्र पेश गरिरहेको छ ।

तर एक नयाँ रिपोर्ट अनुसार गुगल निकट भविष्यमै नयाँ परिवर्तनको तयारीमा छ ।

समाचार अनुसार गुगलले  कोडनेमको साथ नयाँ ‘मिड(रेन्ज’ सिरिजको एन्ड्रोइड स्मार्टफोन लञ्च गर्न सक्दछ ।

स्मरण रहोस् एचटीसीको मध्यमस्तरीय स्मार्टफोनमा पनि ब्रान्डिङ रहेको छ ।

यसका साथै गुगलले आफ्नो पिक्सेल सिरिजका स्मार्टफोनको उत्पादन बढाउनका लागि हालै एचटीसीको मोबाइल इन्जिनियरिङ्ग डिभिजनको एउटा ठूलो हिस्सा खरिद गरेको थियो ।

चिनिया ब्लगको रिपोर्ट अनुसार गुगलको आसन्न डिजाएर सिरिजका मिडरेन्ज स्मार्टफोनमा क्वालकोमको स्नापड्रागन ७०० सिरिजको प्रोसेसर हुनेछ । फ्लागसिप पिक्सेल रिरिजमा स्नापड्रागन ८०० सिरिजको प्रोसेसर रहेको छ ।

यसका अलावा डिजाएर सिरिज स्मार्टफोन एन्ड्रोइड गो अपरेटिङ सिस्टमबाट चल्नेछ । कम्पनीले गत वर्ष डिसेम्बरमा एन्ड्रोइड ओरियो (गो संस्करण) को घोषणा गरेको थियो, जुन एक जिबी भन्दा कम र्याम भएका स्मार्टफोनका लागि बनाइएको हो ।

प्रिमियम श्रेणीको पिक्सेल स्मार्टफोन बनाउनु अघि गुगलले मिड रेन्जकै नेक्सस स्मार्टफोन ल्याउने गरेको थियो । गुगल अब पुनः डिजाएर ब्राण्डसँगै आफ्ना मध्यमस्तरका ग्राहकसम्म पुग्ने तयारीमा रहेको छ ।

गुगलले गत अक्टोबरमा गुगल पिक्सेल टू तथा पिक्सेल टू एक्स एल स्मार्टफोन लञ्च गरेको थियो । यी दुई स्मार्टफोनमा गुगलले अत्याधुनिक स्मार्टफोन प्रविधिहरु राखेको छ ।