चैत २८ काठमाडौं । सरकारले गरेको निर्णय अस्विकार गर्दै नेपाल प्रहरीको डिआइजी रमेश खरेलले पद बाट राजिनामा गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार रहेका डिआईजी रमेश खरेलले सरकारले आफुलाई अन्याय गरेको भन्दै पदबाट राजीनामा दिएका छन् । सरकारको निर्णयले आफुलाई अपमानित गरेको उनले बताएका छन् ।
सरकारले उनकै ब्याजी सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि खरेलले राजीनामा गर्ने बताएका थिए ।
खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे ।