पर्यटकको पहिलो गन्तब्य नै बाग्मती नदि बन्दैछ : अध्यक्ष बस्नेत । ( भिडियो अन्तर्वार्ता )

0
2988

बैशाख ४ काठमाण्डौं । अधिकार सम्पन्न वाग्मती एकिकृत विकास समितीका अध्यक्ष नरेन्द्र बस्नेतले नेपाल घुम्न आएका पर्यटकहरुको पहिलो गन्तब्य बाग्मती नदि बनाउने योजना तिब्र गतिमा कार्यान्वयनको क्रममा रहेको बताउनु भएको छ । योजना अन्तर्गत बाग्मती नदिका दुवै किनारामा फुल तथा बृक्षारोपण गरि नदिको सौन्दर्यता बढाउने काम सुरु भएको बताउनु भएको छ । सञ्चारखवरसँगको कुराकानीमा अध्यक्ष बस्नेतले योजना सम्पनन भएमा नेपाल आएका हरेक पर्यटकलाई बाग्मती नदिको सौन्दर्यताले लोभ्याउने छ । बस्नेतले नदिको मुहान सफा नगरि अन्यत्र मात्रै सफा गरेर नदि सफा हुन नसक्ने बताउनु भएको छ । त्यसका लागि बाग्द्धार आसपासमा भएको ४,५ सयको संख्यामा रहेको बस्ती स्थानान्तरण नभएसम्म बाग्मती सफा हुन गाहे हुने बताउँदै बस्ती स्थानान्तरणका लागि काम गर्नु पर्नेमा जोड दिनु भयो । आगामी दिनमा बाग्द्धार देखि सुन्दरीजल हुँदै वाग्मतीको दोभान सम्म सफाई गरिने उहाँको भनाई थियो ।
अध्यक्ष वस्नेत सँगको कुराकानी हेर्नका लागि भिडियो हेर्नुहोला ।