त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने मन्त्रि अधिकारीको घोषणा ।

0
846

बैशाख ४ काठमाडौं । सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

उनले सो विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्कालका लागि सम्भव नदेखिएको पनि स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा पर्यटनविद्हरुको अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विज्ञहरुको समूह बनाउने तयारी गरिएको पनि बताए । सरकारले छिट्टै झापाको भद्रपुरमा नाइटमा विमान चलाउने व्यवस्था गर्दैछ । पोखरामा भने तत्काल सम्भव नरहेको पनि मन्त्री अधिकारीले स्पष्ट पारे ।