चेन्नाईमा इन्जिनीयरिङ्ग पढ्ने बिद्यार्थीहरुका लागि अफरै अफरै,नेपाली खाना देखि छात्रवृत्ति सम्म ।

0
1150

भारतको चेन्नाईमा रहेको धानिस अहमद कलेज अफ इन्जिनियरिङ्गले नेपाली बिद्यार्थीलाई केन्द्रित गरी बिभिन्न सुबिधा बिस्तार गरेको छ ।
काठमाण्डौंको सोह्खुट्टेमा रहेको ड्रिम डेस्टिनी एजुकेसनको पहलमा भारतमा अध्ययान गर्ने बिद्यार्थीहरुका लागि नेपाली खाना र छात्रबृत्तिको ब्यबस्था गरिएको ड्रिम डेस्टिनी एजुकेसनका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले जानकारी दिनु भयो ।
धानिस अहमद कलेज अफ इन्जिनीयरिङ्गले विभिन्न विषयमा छात्रावृति योजनाहरु सार्वजनिक गरेको छ जसमा विद्यार्थीहरुले २०% देखि ५०% सम्मको छात्रावृति प्राप्त गर्न सक्नेछ । ४ वर्षे वि.टेक प्रोग्राममा ६ लाख ५० हजार सम्मको छात्रवृत्ति योजना खाने बस्ने सुविधा सहित नेपाली विद्यार्थीहरुलाई प्रदान गर्ने छ । साथै जेहेन्दार तथा विपन्न विद्यार्थीहरुको लागी पूर्ण छात्रावृतिको व्यवस्था समेत गरिएको छ । यस कलेजले नेपाली विद्यार्थीहरुको लागी होस्टेल व्यवस्थापनमा सुरक्षित र स्वाथ्य खाना उपलब्ध गराउने र नेपाली खाना नै खुवाउने जस्ता सामुदायिक व्यवस्थापन समेत गरेको छ । ड्रिम डेस्टिनी एजुकेशन फाउन्डेसन र धानिस अहमद कलेज अफ इन्जिनीयरिङ्गको संयुक्त प्रयासमा नेपाली भान्साको व्यवस्थापन मिलाइएको कलेजले जनाएको छ । स्मरणीय कुरा यो छ की चेन्नाई शहर विश्वको ५४औं स्वथ्य र सुरक्षित शहर हो भने भारतको १ नंम्वरको सुरक्षित र स्वच्छ शहर पनि हो ।

साथै कलेजको शैक्षिक अवलोकन भ्रमण गर्न ड्रिम डेस्टिनी एजुकेसनका अध्यक्ष वुद्धि प्रसाद रेग्मीको नेतृत्वमा जनसम्र्पक प्रमुख लक्ष्मण रायमाझी र मुस्लिम समुदायका प्रतिनिधिहरु, सरोज फारुकी, सफीकुर रहमान, अतहर हुसेन फारुकी, महमद जाहगिर रेकी समेतको एउटा टोली त्यस तर्फ प्रस्थान गरेको छ । यो भ्रमणदलका सदस्यहरुले चेन्नाईको धानिस अहमद कलेज अफ इन्जिनीयरिङ्गमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठन, शैक्षिक वातावरण, आवसीय स्थिति र लागत शुल्क आदिको बारेमा अध्ययन अनुसन्धान गरेर नेपाली विद्यार्थीका निम्ति सस्तो सुलभ सहुलियत दरमा उच्च शिक्षा हासिल गर्ने अवसर जुटाईदिन कलेज प्रशासन सँग समझदारी गर्ने र विद्यार्थाीका अभिभावकहरुलाई सो कलेजले दिने सुबिधाका बिषयमा जानकारी गराउने लक्ष्य लिएको छ ।