भोलीबाट हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर ब्यापाक आलोचना भैरहेको छ । सामाजिक सञ्जालहरुमा भुकम्पको पिडा खेपिरहेका नेपालीहरुमाथि उल्टै नाकाबन्दी लगाएर पिडा दिएको भन्दै मोदीको चर्को आलोचना भैरहेको छ । आम नागरिकले मात्रै नभएर बिभिन्न राजनितीक दल सम्बद्ध ब्यक्तिहरुले समेत प्रधानमन्त्री ओलीको राष्ट्रवादी अडान कहाँ हरायो भन्दै प्रस्न समेत गरिरहेका छन् । ओलीको भारत भ्रमणदेखि नै उनलाई लम्पसारबादी प्रधानमन्त्रीको आरोप लाग्दै आएकोमा भारतीय समकक्षी मोदीलाई नागरिक अभिनन्दन गर्न लागिएको भन्दै आलोचना भैरहेको छ । यस्तै आलोचना गर्नेमा नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाही समेत परेका छन् । शाहीले प्रधानमन्त्री के पी ओलीलाई ५ प्रश्न गरेका छन् ।
नेपाल तरुण दलको लम्पसार बादी केपि ओलिलाइ ५ प्रस्न ।
१ नाकाबन्दी गरेर नेपाली जनतालाइ पीडा दिने नरेन्द्र मोदि लाई नाकाबन्दी गरेको उपलक्ष्यमा उल्टै सम्मान स्वरूप नागरिक अभिनन्दन किन ?
२ तपाईको नक्कली रास्ट्रवाद लम्पसारबादमा परिणत भयको हो यस्तो नौटन्की किन ?
३ निर्वाचन अगाडि भारत लाई दुस्मनको रूपमा ? गालीको वर्षा गर्ने अनि अहिले भारतकै गुलामी किन ?
४ चाइना बाट आउने तपाईंको रेल कहाँ पुग्यो ?
५ घरघरमा आउने ग्यासको पाइप कहाँ सम्म पुग्यो ?